☰ open Loading... 18 April 2024|  

ग्राहकमाथि वर्ल्डलिंकको यस्तो ‘ठगीधन्दा’ : २० एमबिपिएसको पैसा लिएर १० एमबिपिएस स्पिड !
  | १९ भाद्र २०७६, बिहीबार १४:५१

काठमाडौं, राजधानी काठमाडौं स्थित बानेश्वरकी बिनिता नेपाली (नाम परिवर्तन)ले वर्ल्डलिंक नामक इन्टरनेट जोडिन् । वर्ल्डलिंकका कर्मचारीले इन्टरनेट जोड्नुअघि ‘प्याकेजहरु बारे स्पष्ट बताएनन् । ‘मासिक १४ सय रुपैयाँ बुझाउनुपर्छ । अहिले तीन महिनाको शुल्क, कर र जडान खर्च गरेर १३ हजार ५ सय ६० रुपैयाँ दिनु’ कर्मचारीले यसो भनेपछि उनले सोही रकम बुझाइन् ।

तीन महिनापछि उनलाई सुचना नदिई इन्टरनेट चल्न छाड्यो । उनले वर्ल्डलिंकको नम्बर ९८०१५२३०५० मा सम्पर्क गर्दा शुल्क बुझाएपछि मात्रै इन्टरनेट चल्छ भन्दै कर्मचारीले कार्यालयमा आएर शुल्क बुझाउन अह्राए । शुल्क बुझाउन उनी वर्ल्डलिंकको काउन्टरमा पुगिन् । काउन्टरका कर्मचारीले मासिक ४ हजार ५ सय ५० रुपैयाँ तिनुपर्ने बताएपछि उनी छाँगाबाट खसे सरह भईन् । वर्ल्डलिंकका कर्मचारीले उनलाई एसएमई प्याकेज अन्तर्गत मासिक २० एमबिपिएसको स्पिड इन्टरनेट प्याकेज लगाईदिएका रहेछन् । २० एमबिपिएसको स्पिड भनिएपनि ईन्टरनेट भने १० एमबिपिएस पनि नचल्ने गरी वर्ल्डलिंकले उनीजस्तै लाखौँ ग्राहकलाई ठगी गर्दै आएको पाइएको छ ।

नीजि क्षेत्रको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक कम्पनिको रुपमा चर्चामा रहेको वर्ल्डलिंकले अधिकांश ग्राहकलाई झुक्याउँदै ठगी गर्दै आएको छ । ‘एक पटक सुचना पनि नदिई नेट काटिँदो रहेछ । हामीलाई शुरुमा १४ सय रुपैयाँ बुझाउनुपर्छ भनिएको थियो । कर्मचारीले नै अर्को प्याकेज हालिदिएका रहेछन्,’ उनले भनिन्,‘उनीहरुले यस्तै गरेर ठगी गर्दा रहेछन् । मलाई जति २० एमबिपिएस स्पीडको भनेर रसिदमा लेखिएको छ । तर नेट भने असाध्यै स्लो चलिरहेको छ ।’

‘करिब दुई दशकदेखि इन्टरनेटसम्बन्धी सेवा सञ्चालन गर्दै आएको सो कम्पनीले ग्राहकलाई कम्तीमा २० एमबीपीएस सेवा उपलब्ध गराउने भन्दै ग्राहकबाट मासिक ४ हजार ५ सय २० रुपैयाँ लिँदै आएको छ । तर डाउनलोड र अपलोड दुवैमा आधाभन्दा बढी नेट–स्पिड (एकतिहाइ एमबीपीएस मात्र) उपलब्ध गराएर दुईतिहाइ एमबीपीएससम्म ठगी गर्ने गरेको यसअघि नै थाहा भएको हो ।

दियोपोस्टबाट