☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

गौहत्या प्रकरण ः प्रहरी निरीक्षक र ट्रान्सपोर्टका सञ्चालक पक्राउ

  |

सुशील खड्का
सुर्खेत । सुर्खेत प्रहरीले गौहत्या प्रकरणमा छानविनका लागि नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक र चितवन ट्रान्सपोर्टका सञ्चालकलाई पक्राउ गरेका छ । नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विकी भनिने अत्रिप्तसिंह श्रेष्ठलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

बेगटी र श्रेष्ठलाई बाँके प्रहरीको समन्वयमा सुर्खेत प्रहरीको टोली पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिनुभयो । उहाँले दुवै जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाएको बताउनुभयो ।

सम्वन्धीत समाचार पढ्नुहोस् ।

नेपालगञ्जबाट ल्याइएका गाई सुर्खेतमा भीरबाट खसाइयो
गौहत्या प्रकरण ः गृहको छानविन टोली सुर्खेतमा
‘सुर्खेतमा गौहत्या नियोजित रुपमा गरिएको हो’
गाैहत्या प्रकरणमा प्रधानमन्त्रीको चासाे, ‘संलग्न जाे सुकैलाई कारबाही गर्नु’
गाैहत्या प्रकरण : जिसस दैलेखले गार्इ मगाएकाे पत्र बाहिरियाे
गौहत्या प्रकरण ः ५० मिनेटमा कटकुवामा गाईगोरु झारेको ट्रक फर्केकाे तथ्य खुल्यो
भैरवी गाउँपालिका र शिरस्थान मन्दिरद्वारा दैलेखमा गार्इ माग नगरिएकाे प्रतिक्रिया
गाैहत्या प्रकरण : छानविन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन
गौहत्या गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन
कटकुवा छाडिएका गाई फेरी नेपालगञ्ज पठाइयो
भिरबाट खसालेर ‘गौहत्या’ प्रकरणकाे राप्रपाद्वारा छानबिनकाे माग

नेपालगञ्ज काञ्जी हाउसका गाईगोरु दैलेख लैजाने भन्दै भदौ १३ गते विहान वीरेन्द्रनगरको कटकुवा र सुब्बाकुना नजिकैको भिरमा ३६ वटा मृत भेटिएका थिए । प्रहरीले अनुसन्धानको क्रममा पाँच ट्रकका पाँच चालक र दुई सहचालकसहित सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६     6:14:46 PM
error: Content is protected !!