☰ open Loading... 20 April 2024|  

एउटै गल्तीमा ट्राफिकले ११ हजार रुपैयाँको चिट काटेपछि आफ्नो पल्सर बाइकमा त्यही आगो लगाइदिए
  | २१ भाद्र २०७६, शनिबार ०९:५३

काठमाडौ । परिमार्जित यातायात ऐन बिहीबार देखि लागू भयो । यो लागु भएको पाँच दिन भैसक्यो यसको असर पनि आउन थालेको छ । शेख सराई क्षेत्रमा ११ हजार रुपैयाँको चिट काटेपछि उनले आफ्नो पल्सर बाइकमा आगो लगाइदिएका छन् । पुलिसले अनुसन्धानमा पत्ता लगाए कि ट्राफिक पुलिसले एपीजे स्कूलको छेउमा मदिरा सेवन गरेर विना लाइसेन्स बाइकमा सवार थिए ।

यस अभियान अन्तर्गत सर्वोदय इन्क्लेभ, मालवीय नगर निवासी राकेशलाई रोकियो । राकेशले हेलमेट लगाएका थिएनन जब प्रहरीले चेक गर्यो तब उनले टन्न मदिरा पनि पिएको खुलासा भयो । दिल्ली ट्राफिक प्रहरी अधिकारीका अनुसार संशोधित सवारी ऐन अन्तर्गत उनलाई ११ हजार जरिवाना तिराएको थियो ।

उनलाई मदिरा पिएर मोटरसाइकल चलाएको र हेलमेट बिना मोटरसाइकल चलाएको हुँदा यति धेरै चिट काटिएको हो । राकेशलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । चिट काटिएपछि उक्त युवकले कागजहरू देखाउने बहाना बनाएर आफैं बाइकमा आगो लगाए । उनको मोटरसाइकल आगोले जलेको पुर्ण रुपमा जलेको छ । ट्राफिक प्रहरीहरूले १०० नम्बरमा पुलिस कन्ट्रोल रूम र फायर ब्रिगेडलाई खबर गरेर आगो नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

आगो नियन्त्रणमा आउँदासम्म बाइक काम नलाग्ने गरी जलेको थियो । मालवीय नगर चौकीले युवका विरुद्ध आगजनी मुद्दा दर्ता गरेको छ । उनको बाइकको मुल्य १५ हजार भएको बताइएको छ । राकेश पहिले होटलहरूमा काम गर्थे तर अहिले उनी बेरोजगार छन् ।