☰ open Loading... 20 April 2024|  

मेहलकुनामा लागेकाे अागाे नियन्त्रणमा अायाे, दश लाखकाे क्षती
  | २१ भाद्र २०७६, शनिबार १३:०४

सुर्खेत । गुर्भाकोट नगरपालिका–८ मेहलकुना बजारको एक घरमा लागेको आगलागी नियन्त्रणमा आएको छ । शनिवार विहान लागेको भेरीगंगा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँले जानकारी दिनुभयो ।


स्थानीय तिर्थ बुढाथोकीको घरको एक कोठामा खाना पकाइरहेको अवस्थामा नजिकै रहेको पेट्रोलमा सल्कीएपछि आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट झण्डै दश लाखको क्षती भएको प्रहरीको भनाई छ ।