☰ open Loading... 18 April 2024|  

दैलेखमा पनि चालक एशाेसिएसनकाे शाखा स्थापना
  | २२ भाद्र २०७६, आईतवार ११:०४

चालकमा इमान्दारीता र सक्षमताको खाँचो ः मेयर खड्का

दैलेख । सवारी चालकहरुको जिम्मेवारी महत्वपूर्ण हुने भएकाले इमान्दारीता र सक्षमताको खाँचो रहेको नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले बताउनु भएकाे छ । सरकारी तथा संस्थान सवारी चालक एशोसियसन दैलेख शाखाको उद्घाटन गर्दै उनले सवारी चालकहरुले यात्रुलाई सही गन्तव्यमा पु¥याउन इमानदार र जिम्मेवार चालकको महत्वपुर्ण भुमिका हुने खड्काले बताउनु भएकाे हाे ।

गाडी चलाउदै गर्दा दैलेखबाट बाहिरिने गाडिका चालकले मादक पदार्थ सेवन गर्दैनन् भन्ने सन्देश दिन यात्राका वेला मापसे गर्दैनौं भन्ने प्रतिबद्धता गर्न अनुरोध खड्काले गर्नुभयाे ।

अनुशासित, मर्यादित र इमान्दार भएर आफ्नो पदको इज्जत गर्न र गौरव गर्न सुझाव पनि दिए । चालकहरूको क्षमता बिकासका लागि आफुहरु सहयोग तत्पर रहेको बताउनुभयाे ।

सरकारी तथा संस्थान सवारी चालक एशोसियसन दैलेख शाखको उद्घाटन कार्यक्रममा सरकारी तथा संस्थान सवारी चालक एशोसियसनका पुर्व केन्द्रिय अध्यक्ष एवं बरिष्ट सल्लाहकार जगदिस थापामगरले कर्णाली प्रदेशका सबै जिल्लामा शााखा बिस्तार गर्ने योजना रहेको बताउनुभयाे ।

कर्णाली प्रदेशमा निकै दुःखका साथ सरकारी तथा संस्थान सवारी चालक एशोसियसन स्थापना गरिएको वताउँदै आफ्नो पालामा निकै कम संख्यामा सवारी चालक रहेको र आफू ट्रक चलाएर बसेका बेला नेपाल सरकारले बोलाएर काममा लगाएको सम्झिनुभयाे ।

सरकारी तथा संस्थान सवारी चालक एशोसियसन केन्द्रिय अध्यक्ष श्यामप्रसाद देबकोटाले एकजुट भएर अगाडि बढ्न सवै सवारी चालकहरुलाई अनुरोध गर्नुभयाे । सवारी चालकहरू अनुशासित भएर काम गर्न उहाँकाे निर्देशन थियाे ।

आफुहरुले राजनीति गर्न नभइ आफ्नो हक अधिकारका लागि सरकारी तथा संस्थान सवारी चालक एशोसियसन स्थापना गरेको दावी गर्नुभयाे। कार्यक्रम सरकारी तथा संस्थान सवारी चालक एशोसियसन शाखा दैलेखका अध्यक्ष कुलवहादुर रावतको अध्यक्षतामा भएको थियो ।