☰ open Loading... 18 April 2024|  

सुर्खेत उपत्यका खानेपानीको कार्यालयमा किन लाग्यो ताला ?
  | २२ भाद्र २०७६, आईतवार १२:३६

डेस्क सम्वाददाता
सुर्खेत । वीरेन्द्रनगर उपत्यकामा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा तालावन्दी गरिएको छ । संस्थाका श्रमिक ट्रेड युनियन कर्मचारीहरुले आफ्नो हित विपरित स्किम प्रमुख र कार्यालय प्रमुख लागेको भन्दै आइतबार तालावन्दी गरेका हुन् ।


युनियनका अध्यक्ष गणेशमान खनालको नेतृत्वमा गएका कर्मचारीहरुले आफ्ना मागहरु पूरा गर्न पटक–पटक आग्रह गर्दा समेत सुनुवाई नभएको भन्दै तालावन्दी गरेका छन् । स्किम नम्बर ४, ५, ९ का स्किम प्रमुख र कार्यालय प्रमुख कर्मचारीहरुको हित विरुद्ध लागेकाले तालावन्दी गरिएको अध्यक्ष खनालले जानकारी दिनुभयो ।

उहाँले खानेपानी वितरण बाहेक कार्यालयको अन्य कुनै पनि काम कारबाही गर्न नदिने बताउनुभयो । माग पूरा नभए थप शसक्त रुपमा अन्दोलन गर्ने चेतावनी खनालले दिनुभयो ।