☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

बन्द भयो, दैलेखको पहिलो दाना उद्योग

  |

दैलेख,  कर्णाली प्रदेशलाई धान्ने गरि दैलेखमा स्थापना भएको दाना उद्योग वर्षदिनभित्रै बन्द भएको छ । लगानी अभाव र कच्चा पदार्थको कमीका कारण उद्योग बन्द भएको हो ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ चाल्नेचौतारामा वर्षदिनदेखी संञ्चालनमा आएको ज्वाला दाना उद्योग बन्द भएको हो । यो कर्णाली प्रदेशमै पहिलो दाना उद्योग हो । दाना उद्योगबाट कुखुराको दाना तयार गर्दथ्यो । उद्योग सञ्चालनको तिन महिना राम्रै चलेपनि त्यसपछि लगानी अभावका कारण उद्योग पूर्ण रुपमा चल्न पाएको थिएन् । सुरुमा जिल्लामा बाहिरबाट दाना ल्याउन रोक्ने र जिल्लाकै दाना ब्यवसायी माँझ पु¥याउने उद्देश्य रहेको थियो । सस्तोमा कर्णाली प्रदेशभर सुरुमा दाना वितरण गर्ने उद्देश्य रहेपनि आन्तरिक समस्याका कारण वर्षदिनमै बन्द भयो । यो उद्योग १६ लाख लागतमा स्थापना भएको भएकोे स्थानीय तुलाराम आचार्यले बताए । दाना तयार गर्नका लागि उद्योगमा ४ लाख लागतका तीन वटा मेशिन राखीएको छ । स्थानीय उत्पादन कच्चाप्रदार्थ ६० प्रतिशत र जिल्लाबाहिरबाट ४० प्रतिशत उद्योगमा प्रयोग हुने गर्दथ्र्यो । पछिल्लो महिना उद्योग चलाउनका लागि आर्थिक संकट भएको ज्वाला दाना उद्योग सञ्चालक समितिका अध्यक्ष चन्द्रा ज्ञवालीले बताए । सुरुमा चामुण्डाविन्द्रासैनी नगरपालिका क्षेत्र र दैलेखलाई लक्षित गरि खोलिएको दाना उद्योग विस्थापित हुन लाग्दा गाउँ तथा नगरपालिकाले सञ्चालनमा चासो नदिएको स्थानीयहरुको भनाई छ । यो दाना उद्योग समुदायको साँझा उद्योग हो । उद्योग बन्द भएपछि स्थानीय उत्पादन खरिददेखी रोजगारी समेत गुमेको छ । उद्योग उद्घाटनका क्रममा नगरपालिकाले अव, ब्यवस्थित उद्योग बनाईने उद्घोष गरेपनि अबस्था दयनिय हुँदा सहयोग नभएको स्थानीयहरु बताउँछन् । उद्योग बन्दसंगै नेपालगंज, चितवनबाट दानाले बजार पाउनेछन् । दैलेखका गाउँगाउँमा कुखुरा फर्म रहेका छन् । यहाँ दाना धेरै नै खपत हुने गर्दछ ।
उद्योग सञ्चालक समितिका अध्यक्ष चन्द्रा ज्ञवालीले मकै उत्पादन कम भएकाले उद्योग बन्द गर्नुपरेको बताईन् । मकै उत्पादनको सिजन सुरु भयो भने पुनःसुचारु हुने ज्ञावलीले बताईन् । उद्योगका लागि मुख्य चुनौती भौगोलिक विकटता र उत्पादन हुने मकै ढुवानीमा समस्या भएको जनाईएको छ । यहाँ घरमा खाने गरि मकैं उत्पादन हुने गरेपनि ब्यवसायिक रुपमा उत्पादन नहुने समस्या छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका नगर–प्रमुख सुर्यबहादुर शाहीले उद्योग नगरपालिकाको मातहतमा रहने गरी पुन संञ्चालन गर्न आवश्यक तयारी गरेको बताए । छिटै आवश्यक कागजपत्र तयार गरेर नगरपालिकाले उद्योगमा लगानी गर्नेमा प्रतिवद्धता जनाए । वर्षेनी अनुदानभन्दा पनि फाईदा कसरी लिन सकिन्छ भनेर जिम्मेवारी लिएर खर्च गरिने नगरप्रमुखको भनाई छ । गैरसरकारी संस्था र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको आर्थिक सहयोगमा उक्त उद्योग स्थापना भएको थियो ।
क्याप्सन ः बन्द अबस्थामा रहेको ज्वाला दाना उद्योग । तस्वीर ः नागरिक

प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६     10:33:22 AM
error: Content is protected !!