☰ open Loading... 20 April 2024|  

मावन बेचविखन रोक्न प्रहरी सक्रिय
  | २३ भाद्र २०७६, सोमबार ११:२१

दैलेख, १३ औं मानव बेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाईरहदाँ दैलेख प्रहरी टोलटोलमा पुगेर बेचविखन विरुद्धको पर्चा वितरणमा सक्रिय भएर लागेको छ ।

दैलेखमा साताव्यापी रुपमा चेतनामुलक कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखले प्रहरीहरुलाई परिचालन गरि घरघरमा मानव बेचविखन विरुद्धको पर्चा वितरण गरेको हो । प्रहरी र नारायण नगरपालिकाको सहकार्यमा विभिन्न माध्यामिक विद्यालय तथा समुदाय स्तरमा जनचेतनामुलक गतिविधि हप्तादिनसम्म गरिएको नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लले बताईन् । विद्यालयमा मानव बेचविखन बिरुद्धको अभिमुखीकरण कार्यक्रम संञ्चालन समेत गरिएको उनको भनाई छ । ‘विद्यालय र समुदायमै पुगेर पर्चा विरतण भयो ।’ उपप्रमुख मल्लले भनिन् ः प्रहरीको सक्रियताले अभियान ब्यापक रुपमा गरियो ।’

समुदाय र विद्यालयमा पर्चाहरु प्रत्येकलाई बाड्ने कार्य दैलेख प्रहरीले गरेको थियो । समुदाय प्रहरी साँझेदारी कार्यक्रममा यस्ता घरघरमा पुगेर पर्चा वितरणले मानव बेचविखन विरुद्ध टेवा पुग्ने दैलेख प्रहरी प्रमुख (डिएसपी) हरि वलीले बताए । सामाजिक अभियानमा प्रहरी हातेमालो गरेर सहकार्य गर्न तयार रहेको वलीको भनाई छ । जिल्लाभर प्रहरीकै अग्रसरतामा मानव बेचविखन विरुद्धको पर्चा वितरण तथा अभिमुखीकरण भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । विशेष तीजमा दिदि बहिनीमाँझ मानव बेचविखन विरुद्धको अभियान प्रभावकारी रुपमा गरिएको डिएसपी वलीको भनाई छ ।

मानव बेचविखन तथा ओसारपसार विरुद्धको मुल समारोह समितिको आयोजनामा शुक्रवार दैलेख सदरमुकाममा वृहत ¥याली पनि निकालिएको थियो । कर्णाली प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले मानव बेचविखन तथा ओसारपसार रोक्न पहिलो खुटुकिला सवैलार्य सचेतना गर्न जरुरत रहेको कार्यक्रममा बताए । बेचविखन तथा ओसारपसार रोक्न गम्भीरताका साथ हातेमालो गरेर लाग्नुपर्ने थापाको भनाई छ । दिनानुदिन मानव बेचविखनका घटनाहरु बढ्दै गएकोमा कार्यक्रममा सहभागी अधिकाँध वत्ताहरुले चिन्ता व्यक्त गरे ।

देशविदेशमा मावन बेचविखनको समस्या विकराल बन्दै गएकोमा नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले चिन्ता ब्यक्त गरे । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बेचविखन तथा ओसारपसारका जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचनागत प्रयास गरिरहेको बताए ।