☰ open Loading... 19 April 2024|  

बजाज बाईक किन्दा ५१ हजार नगद पाउने पहिलाे ग्राहक
  | २५ भाद्र २०७६, बुधबार १२:००

सुर्खेत । बजाज भविष्यवाणि अन्तरगत सुर्खेतका एक व्यक्तिली मोटरसाईकल किन्दा ५१ हजार नगद पाएका छन् । वीरेन्द्रनगर–७ ईत्रामका प्रेम ठाडामगरले बजाज कम्पनीको पल्सर मोटरसाईकल किन्दा ५१ हजार नगद पाएका हुन् ।


वीरेन्द्रनगरमा जारी बजाज महाएक्सेन्च अफरमा ठाडामगरले १२५ सीसी बजाज डिस्कभर बाइक एक्सचेन्ज गरेका थिए । ‘डिस्कर एक्सचेन्ज गरेर १५० सीसी पल्सर किनेको हुँ’ ठाडामगरले भने, ‘पल्सर किन्दा नगद उपहार पाए एकदमै खुसी छु ।’ शुरुकै रोजाई बजाज कम्पनी भएकाले बजाजकै बाईकहरु चढ्ने गरेको ठाडामगरको भनाई छ ।

‘उपहार नाम मात्रैको होला भन्ने सोचेको थिए ठाडामगरले थप्नुभयो, ‘आफैलाई ५१ हजार नगद पाएपछि अझै बजाजप्रति विश्वास जागेको छ ।’ उहाँलाई बजाज कम्पनीको सुर्खेतस्थित आधिकारिक विक्रेता असिम अटो पार्टसका सञ्चालक लक्ष्मण कंडेलले नगद रु. ५१ हजार हस्तान्तरण गर्नुभएको थियो ।

बजाजले आयोजना गरेको महाएक्सचेन्ज मेलामा ग्राहकले चाहेजस्तै मोटरसाईकलको मुल्य पाउने गरेकोमा ठाडामगरले खुसी व्यक्त गरे । उहाँले पुरानो र विश्वासिलो कम्पनी बजाज भएकाले बाईक बलियो र पिकअप राम्रो रहेका बताए ।