☰ open Loading... 16 October 2019|   बुधबार, अशोज २९, २०७६

बाणिज्य बैंकको वीरेन्द्रनगर शाखा थपिदै

  |

सुर्खेत । राष्ट्रिय बाणिज्य बैंकले वीरेन्द्रनगर शाखा स्थापना गर्ने भएको छ । सेवाग्राहीको बढ्दो चापका कारण तिहार लगत्तै वीरेन्द्रचौक नजिकै बैंकले नयाँ शाखा स्थापना गर्न लागेको हो ।

शाखा स्थापनाका गर्न घर सम्झौता भइसकेकाले बाँकी काम शुरु हुने प्रक्रियामा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा सुर्खेतका निमित्त शाखा प्रवन्धक विष्णु गौतमले जानकारी दिए ।

उनले दशैं तिहारको विचमा स्थापना गर्ने लक्ष्य रहेपनि ठूला चाडपर्वका कारण तिहार लगत्तै सञ्चालन गरिने बताए । ‘वीरेन्द्रनगर शाखा स्थापना भए हालको बाणिज्य बैंकमा चाप कम हुने अपेक्षा लिएका छौं’ गौतमले भने, ‘थप भएको शाखाले सेवा छिटो छरितो र प्रभावकारी हुने विश्वास छ ।’

गौतमकानुसार जुम्ला रोडमा रहेको बाणिज्य बैंकमा दुई एटीएमबाट सेवा दिन लागिएको छ । ‘पुरानो एटीएमको सफ्टवेयर बिग्रिदा सेवा रोकिएको होे’ गौतमले थपे, ‘केही दिनमा पुरानो एटीएम सञ्चालन आउने र एक साता भित्रै नयाँ एटीएमबाट पनि सेवा शुरु गर्न लागेको छौं ।’

एटीएम विग्रिदि बाहिरबाटै प्राविधिक कर्मचारी बोलाउनु पर्ने भएकाले मर्मतमा ढिलाई भएको गौतमको भनाई छ । बैंकले वीरेन्द्रनगर नगरपालिकामा राजश्व काउन्टर समेत सञ्चालनमा ल्याउन लागेको छ ।

नगरपालिकाले कोठा दिए लगत्तै सेवा शुरु गर्ने गौतमले बताए । बाणिज्य बैंक सुर्खेतका ५० हजार बचत, झण्डै १२ हजार चल्ती र एकहजारको हाराहारीमा कर्जा खाता रहेका छन् ।

प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६     8:12:47 AM
error: Content is protected !!