☰ open Loading... 19 April 2024|  

गाैहत्या प्रकरण : अनुसन्धानको निशानामा मेयर राणा र कार्यकारी अधिकृत प्याकुरेल
  | २७ भाद्र २०७६, शुक्रबार ११:४३

सुर्खेत । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेखका लागि पठाएका दुई ९१ मध्य भदौ १३ गते सुर्खेतका विभिन्न स्थानमा ३७ गाईहरु मृत भेएिका थिए । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्म १६ जनालाई पक्राउ गरिसकेको छ । गोबध मुद्दामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राण, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेललगायत पनि मुछिएका छन् ।

याे पनि पढ्नुहाेस् ः गौहत्या प्रकरण ः प्रहरी निरीक्षक र ट्रान्सपोर्टका सञ्चालक पक्राउ

‘बुधबारसम्म १६ जनालाई पक्राउ गेका छौं, अनुसन्धानकार्य जारी छ,’ अनुसन्धान अधिकारी प्रहरी निरीक्षक भरत शाहले भने, ‘कान्जीहाउस सञ्चालकसहित उपमहानगरपाकाका केही कर्मचारीहरु पनि अनुसन्धानको दायरामा आउँछन् ।’

कान्जीहाउस व्यवस्थापन समितिका अध्यक्ष मेयर राणा नै हुन् । प्रहरीले पछिल्लो पटक नगर प्रहरीका प्रहरी सहायक निरीक्षक विकास गौतम, जवानहरु चन्द्रबहादुर राना, सूवर्ण तारामीमगर, सुसान्त शाही, कमल बयक, धमेन्द्र नेपाली र कमल थापामगरलाई पक्राउ गरेको छ । यसअघि नै नगर प्रहरी निरीक्षक सूर्य बोगटी, गाई दैलेख पु¥याउने ठेक्का पाएको चितवन क्यारियर्सका सञ्चालक सन्तृप्त श्रेष्ठससहित ९ जना पक्राउ परिसकेका छन् ।

गोबध मुद्दामा कर्मचारीहरु धमाधम पक्राउ पर्न थालेपछि दुई दिनअघि उपमहानगरपालिकाका मेयर राणा र उपमेयर उमा थापामागर सुर्खेत पुगेका थिए । उनीहरुले हिरासतमा रहेका प्रहरी निरीक्षक बोगटीलाई भेट्नुका साथै प्रहरी प्रमुखसंग घटनाका बारेमा छलफल गरेको बताइएको छ । उनले गोबध मुद्दामा कर्मचारीहरु धमाधम पक्राउ पर्न थालेपछि उपमहानगरपालिकाको कामकाज प्रभावित भएको बताएका थिए ।

स्रोतकानुसार पक्राउ परेका उपमहानगरपालिका कर्मचारीहरुले दैलेख पु¥याउने जिम्मा पाएको चितवन क्यारियर्सको लापरवाहीका कारण गाईहरु मरेको बयान दिएका छन् । ‘उपमहानगरपालिकाले हाम्रो नियतले गाई दैलेख पठाउन खोजेको थियो, चितवन क्यारियर्सको गल्तीका कारण ठूलो दुर्घटना भयो,’ नगर प्रहरीका प्रहरी निरीक्षक बोगटीले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘जे हुनु भैहाल्यो, गल्तीअनुसारको सजाय भोग्न तयार छौं ।’

प्रहरीले कान्जीहाउसमा रहेका गाईहरु दैलेख पठाउने विषयमा उपमहानगरपालिकाले गरेका निर्णयहरुको प्रतिलिपी मागेको छ । अहिलेसम्म उपमहानगरपालिकाले निर्णय प्रतिलिपी उपलव्ध गराएको छैन् । ‘उपमहानगरपालिकाले समयमै निर्णय प्रतिलिपीहरु प्ठाएको भए अनुसन्धानमा सहज हुन्थ्यो,’ एक प्रहरी अधिकारीले भने, ‘पटक–पटक हामीले ताकेता गरिरहेका छौं ।’

घटनाको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक शाह बिहीबार नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कान्जीहाउबाट कसरी चौपायह ल्याइए भन्ने विषयमा अनुसन्धन भइरहेको छ’ नेपालगञ्जमा रहेका प्रहरी निरीक्षक शाहले भने, ‘यहाँ कार्यरत कर्मचारी र सञ्चालकहरुसंग पनि छलफल हुन्छ ।’

हालसम्म पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेल, कान्जीहाउस सञ्चालक समितिका अध्यक्षसमेत रहेका मेयर राणालाई पनि बयानका लागि बोलाउने तयारी गरेकाे खबर नागरिक दैनिकमा छ ।