☰ open Loading... 20 April 2024|  

वर्ल्डलिंककाे पर्व अफर : इन्टरनेट जाेडे नेट टिभी र टिभी सेट फ्री
  | २७ भाद्र २०७६, शुक्रबार ११:५४

सुर्खेत । इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले चाड पर्व (दसैँ, तिहार र छट) अफर ल्याएको छ । कम्पनीले गत आइतबारदेखि ल्याएको अफरमा वर्ल्ड लिंकको ग्राहक बन्दा वा सेवा नविकरण गर्दा सहभागी हुन पाइने कम्पनीका सुर्खेत शाखा प्रमुख नवराज पङ्गालीले बताए ।

पङ्गालीका अनुसार आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुने अफरमा सहभागी हुन इन्टरनेट जोड्दा सिजीको ३२ ईन्चको एलईडी टिभी प्राप्त गर्नुका साथै साेही शुल्कमा नेट टिभी जडान गर्न पाइनेछ । दसैँमा इन्टरनेट साथै नेट टिभी र टिभी सेट अफर अन्तरगत ग्राहकहरुले ४३ हजार सात सय ९० रुपैयाँको प्याकेज २५ हजार नौ सय ९० रुपैयाँमा प्राप्त गर्ने वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले जनाएकाे छ ।

शाखा प्रमुख पङ्गालीका अनुसार २५ हजार नौ सय ९० रुपैयाँ तिरेपछि सिजी कम्पनीको ३२ इन्चको एलईडी टिभीका साथै एक वर्षसम्म नेट टिभी र इन्टरनेट चलाउन पाइनेछ । वर्ल्ड लिंक कम्पनीको २५ एमबिपीएस, ४० एमबिपीएस र ६० एमबिपीएसको सेवा एक महिना, तीन महिना, ६ महिना र एक वर्षका लागि लिँदा अफर प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी, ११ हप्तासम्म वर्ल्डलिंकको नयाँ थपिएका ग्राहक र सेवा नविकरण गरेका ग्राहकबाट लक्की ड्र मार्फत एक सय जनालाई ४३ इन्चको सिजी कम्पनीकै एलईडी टिभी बम्पर उपहार प्रदान गरिने घिमिरेको भनाइ छ । त्यस्तै, प्रत्येक ग्राहकलाई खल्ती डिजीटल वालेटमा दुई सय ५० रुपैयाँको भौचर समेत प्रदान गरिने वर्ल्डलिंकले जनाएकाे छ ।

नेपालकै अग्रणी इन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै विभिन्न समयमा अफरहरु ल्याउने गरेको शाखा प्रमुख पङ्गालीको भनाइ छ । उहाँका अनुसार इन्टरनेट सेवा सञ्चालन गर्न चाहने ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै किस्ताबन्दीमा समेत इन्टरनेट सेवा प्रदान गरिएने छ ।