☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

देउती नागरिक यातायातको भवन शिलान्यास

  |

सुर्खेत । सुर्खेतकै पहिलो यातायात प्रा.लि.ले भवनको शिलान्यास गरेको छ । वीरेन्द्रनगर–३ तातापानीमा देउती नागरिक यातायात प्रा.लि.ले आफ्नो भवनको शिलान्यास गरेको हो ।


भवनको प्रा.लि.का अध्यक्ष कमल खड्का ‘जुनी’, सचिव रमेश खड्का लगायतका पदाधिकारीहरुले शुक्रबार संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको छ । झण्डै ४५ लाखको लागतमा प्रा.लि.ले जग्गा खरिद गरेर भवन निर्माणको लागि शिलान्यास गरिएको सचिव रमेश खड्काले जानकारी दिनुभयो ।

उहाँले पूर्ण रुपमा भवन निर्माणका लागि झण्डै ४० लाख खर्च लाग्ने बताउनुभयो । ०७२ सालमा स्थापना भएको प्रा.लि.ले व्यवसायीहरुले  सरकारलार्इ तिर्नु पर्ने कर समेत तिर्दै आएको छ । साना ठूला गरी ७३ गाडी रहेका प्रा.लि.ले रात्रीकालिन रुपमा काठमाडौं सेवा समेत दिँदै आएको छ ।

प्रा.लि.ले सुर्खेतबाट दैनिक रूपमा नेपालगञ्ज, दैलेख, कालिकाेट, जुम्ला, जाजरकाेट, पश्चिम सुर्खेतकाे बाबियाचाैर, गुठु, दैलेखकाे सिलंगी, दुल्लु फाेर्स गाडीहरूबाट नागरिकलार्इ सेवा दिँदै अाएकाे छ ।

 

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     7:19:04 PM
error: Content is protected !!