☰ open Loading... 20 April 2024|  

हुम्लाकाे लिमीमा वर्ल्डलिंककाे इन्टरनेट सेवा शुभारम्भ
  | २७ भाद्र २०७६, शुक्रबार २०:४९

सुर्खेत । कर्णाली प्रदेशकाे विकट जिल्ला हुम्लामा वर्ल्डलिंककाे इन्टरनेट सेवा शुभारम्भ गरिएकाे छ । नेपाल दुरसंचार प्राधिकरणको ग्रामिण सञ्चार शाखााकाे सहयोगमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेट सेवा शुरू गरेकाे हाे ।

प्राकृतिक रूपमा सुन्दर गाउँ लिमीका नागरिकलार्इ दशैंकाे उपहार स्वरूप इन्टरनेट सेवा दिएकाे वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड कर्णाली परियाेजना प्रमखु राजेन्द्र विष्टले जानकारी दिनुभयाे । नेपाल र चीनसंग सीमा जाेडिएकाे लिमीका स्थानीयले अाैंलामा विश्वका गतिविधि थाहा पाउने भएपछि खुसी व्यक्त गरेका छन् ।

मोबाइल फोन सेवाबाट बञ्चित नागरिकलाइ पहिलो पटक रेडियो प्रबिधिमार्फत सेवा विस्तार गरेको विष्टले बताउनुभयाे । उहाँअनुसार लिमिटेडका प्राविधिक चन्द्र बुढा र रामजान रावतले सफलतापूर्वक इन्टरनेट सेवा जडान गर्नुभएकाे हाे ।

फाेन सेवाबाट बञ्चित नागरिकहरूले इन्टरनेटमार्फत देश विदेशमा रहेका अाफन्तसंग कुरा गर्न सहयाेग पुग्ने बताएका छन् । वर्ल्डलिंकले हिमाल पारिको जिल्ला माथिल्लो डोल्पामा पनि रेडियो प्रबिधिमार्फत सेवा विस्तार गर्न लागेकाे जनाएकाे छ ।