☰ open Loading... 17 September 2019|   मङ्लबार, भदौ ३१, २०७६

काँग्रेसको दोस्रो चरणको जागरण अभियान

  |

प्रमुख प्र्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा दोस्रो चरणको जागरण अभियानका दैलेख संयोजक यूवा नेता राजिवबिक्रम शाह दैलेख सदरमुकाममा आएको मौका पारेर दैलेख उद्योग वाणिज्य संघ दैलेखले औपचारिक कार्यक्रम गरि स्वागत गरेको छ । उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष पदाधिकारी तथा सदस्यहरुले उद्योग आफनै भवनमा स्वागत कार्यक्रम गरेका हुन् ।
स्वागत कार्यक्रममा नेता राजिव विक्रम शाहले धन्यवाद दिदैं अहिले परिस्थितिमा प्रतिपक्षमा बस्नु पनि पार्टीका लागि जनतामाँझ जाने जनताका भावना बुझ्ने मौकाका रुपमा रहेको बताए । जागरण अभियानले पार्टी एकतालाई अघि बढाउने र सरकारले गरेका नकारात्मक कामको भण्डाफोर गर्ने र सवै बर्वाद भयो भनि निरास भएको पाटि र कार्यकर्ताहरुमा थप उर्जाको संचार गर्ने उदेश्य रहेको बताए ।
मन्तव्यको क्रममा शाहाले सवै फेर्न सकिए पनि छिमेकी फेर्न नसकिने कुराको मनन गर्दै दैलेख जस्तो छिमेकि पाउनु हाम्रो मेरो पनि भाग्य भएको बताउनु भयो । दैलेख जिल्लाको धार्मीक पर्यटन,पेट्रोलिय पदार्थको उत्खनन संगै धार्मीक क्षेत्रको आवश्यक प्रचार प्रसार गर्न सक्ने हो भने यस जिल्लाको मात्र नभएर प्रदेश र राष्ट्रकोनै सम्बृद्धि सम्भव भएको बताए । जल,जमिन,जडिबुटिको प्रचुर सम्भावना भएकाले पनि यस जिल्लाको बिकासको लागि समुन्नत सोचको भएको नेतृत्व दैलेखले नपाउनु दुखद कुरा भएको धारणा राखे ।
कार्यालयमा स्वागत गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष कुल बहादुर बिक ले दैलेख र जाजरकोट जिल्लालाई मध्यपहाडिले मात्र जोडेको छैन कि भावना र सोलि डोलीको समेत सम्वन्ध भएकाले एक जुट भएर समग्र बिकासको पक्षमा सहकार्य र समहमतीको माध्यामबाट अगाडि बड्नु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मितिः शुक्रबार, भदौ २७, २०७६     10:34:47 PM
error: Content is protected !!