☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

डेंगुबाट बच्न वडा कार्यालयकाे टाेल टाेलमा सचेतना

  |

सुर्खेत । डेंगु राेग फैलिनबाट वचन वीरेन्द्रनगर नगरपालिका २ नम्बर वडा कार्यालयले सचेतनामुलक कार्यक्रम गरेकाे छ । वडाका विभिन्न टाेल विकास संस्थाकाे सहयाेगमा शनिवार सचेततामुलक कार्यक्रमकाे अायाेजना गरेकाे हाे ।

वडा नम्बर दुईका रेडियो नेपाल जलेश्वर टाेल, वाँगेशीमल, काेलडाँडा लगायतका टाेलमा पुगेर नागरिकहरूलाई डेंगु फैलुनका कारण र बच्ने उपायबारे जानकारी गराएकाे २ नम्बर वडा कार्यालयका अध्यक्ष बलबहादुर राेकायले जानकारी दिनुभयाे ।

उहाँकाअनुसार नागरिकहरूका घर वरिपरि रहेका पानी जम्ने खाल्डाखुल्डी पुर्न, टायर तथा फुलका गमलाहरूकाे पानी घाेप्ट्याउन अाग्रह गरिएको छ ।

 

 

 

 

 

प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६     10:46:53 AM
error: Content is protected !!