☰ open Loading... 25 April 2024|  

पाकिस्तानमा भूकम्प, सडक चिराचिरा
  | ७ आश्विन २०७६, मंगलवार २१:२८

पाकिस्तानमा मंगलबार ५.८ म्याग्नेच्युडको भूकम्प आएको छ।

भूकम्पमा परी पाकिस्तान प्रशासित कस्मिरमा चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ।

पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ बजे पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रविन्दु बनाएर भूकम्प आएको हो।

८-१० सेकेन्डसम्म निकै बलियो धक्का महशुस गरिएको समाचार पत्र द डनले उल्लेख गरेको छ।

राजधानी इस्लामावाद, पेशावर, रावलपिण्डी र लाहोरमा पनि धक्का महशुस गरिएको थियो। भूकम्पले घर केही घर भत्किएका छन् भने मिरपुरमा सडक चिराचिरा भएको छ।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको छ।

भूकम्प आएपछि दिल्लीका मानिसहरू घर छोडेर बाहिर निस्किएका छन्।

हरियाणा, उत्तर प्रदेश, पञ्जाब, चण्डीगढलगायत क्षेत्रमा पनि भूकम्पको धक्का महशुस गरिएको छ।

भारतको मौसम विभागले भने भूकम्प ६.३ म्याग्नेच्युड भएको बताएको छ।