☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

दाजुको सपना डाक्टर बनाउने थियो तर…

  |

जिन्दगीमा म के बन्छु भन्ने लक्ष्यको तय स्वंयम होस् वा कसैको प्रेरणाबाट गरिने हो । बाल्यकालबाट उक्लिदैँ गर्दा त्यौ खुड्कीला दौडिदै, हुर्किदै, पढ्दै र बुझ्दै जाने रफ्तारमा भने अर्कै मोडमा बटारिदिन्छ । अब्राहम लिंकनले भनेका छन्, ‘म अहिले जहाँ छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमाप्रति ऋणि छु ।’

तर यो कथनलाई व्यवसायी पदमबहादुर खड्का जीवन यात्रामा आफ्नो दाजुप्रति ऋणि हुनुहुन्छ । दाजु (निर्माण व्यवसायी सूर्यबहादुर खड्का) को सपना आफू व्यवसायमै लागेपनि भाई (पदमबहादुर खड्का) पढेर डाक्टर बनोस् भन्ने चाहानुहुन्थ्यो । तर चाहेजस्तो जीवन बनाउँन कहाँ सकिन्छ र, लिंकनले भनेझैं उहाँ आज पनि आफ्नो दाजुप्रति ऋणि हुनुहुन्छ ।

दाजुकै हौसला र प्रेरणालाई डाक्टरकै पथमा लैजान नसकेपनि उहाँ भन्नुहुन्छ, ‘जिन्दगीको नियतिले यहीँ हुनुभनेको रहेछ, हजुरको त्यो मार्ग पहिल्याउन कयौं कोशिस गरेकै हुँ सफल हुन सकेन् । फरक पाटो रोजेपनि परिस्थितिले डो¥याएको कर्मप्रति बफदार भएर लागेको छु दाजु ।’

बाल्यकाल/शैक्षिक यात्रा
दैलेख जिल्लाको साविकको छिउडी पुसाकोटमा धर्तीमा पाइला टेक्नु भएका खड्का २०३६ सालमा जन्मनु भयो । छिउडी डाँडामा रहेको जयदेवी प्राविमा अक्षर चिन्नु भएका खड्का ०३९ सालमा बुवा (शंकरबहादुर खड्का) संग सुर्खेत बसाइँ सर्नुभयो ।

बाल्यकालका पाँच वर्ष कलिलो मस्तिष्कले जन्मभूमि छिउडी हो भन्ने जानकारी राख्न बाहेक अन्य केही ठम्याउन सकेन् । किनकी बाल्यकालमा हुर्कदै गरेको मस्तिष्कले सुर्खेतलाई बढी अटाउने कोशिस गरिरहेको थियो । उहाँ भन्नुहुन्छ, ‘स्वभाविक थियो बाल्यकालमा, हुर्किरहेको ठाउँसंग झनझन परिचित बनाउँदै लैजाँदा जन्मभूमिसंग विरानो बनाइसकेको थियो ।’

सुर्खेत झरेपछि खड्काको बाँकी पढाइको यात्रा रोजल्याण्ड बोर्डिङ्गबाट शुरुभयो । ४ कक्षासम्म सुर्खेतमै पढेपनि बाँकी पढाई काठमाडौंस्थित भानुभक्त मेमोरियल बोर्डिङ स्कुलबाट शुरु भयो । ‘मध्यम वर्गिय परिवारमा हुर्किएकाले पढ्नमा कुनै समस्या थिएन्’ खड्का भन्नुहुन्छ, ‘बुवाको पुख्र्यौली व्यापार र दाजुले शुरु गर्नुभएको निर्माण व्यवसाय ऊ बेला राम्रै थियो । जति उहाँहरुले संघर्ष गर्नुभयो त्यो बेला मैले केही गर्नै पर्थेन् । त्यसैले मलाई दाजुले जहिले पनि भन्नुहुन्थ्यो एसएलसीमा राम्रो नम्बर ल्याइस भने डाक्टर पढाउँछु पदम ।’

घरको कान्छो छोरा भएकाले परिवारको माया ममता बढी पाउने उहाँ एसएलसीमा राम्रै नम्बर ल्याउने गरी पढिराख्नु भएको थियो । अफसोच ! डाक्टर बन्नका लागि एक नम्बर मात्रै अपुगहुँदा डाक्टर पढ्ने सपना सदाको लागि अन्त्य भयो । दाजुको सपना पूरा गर्न नसकेकोमा दुःख लाग्छ, तर कोशिस गरेकै थिए राम्रो नम्बर ल्याउन सकिन् ।

डाक्टर बन्ने सपना सदाका लागि अन्त्य भएपनि परिवारबाट हौसला पाएपछि उच्च शिक्षा पढ्न सुर्खेत फर्किएको खड्का बताउँनुहुन्छ । बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा थप पढाई शुरु गर्नु भएको उहाँले प्लस टू सकेपछि पढाईमा ब्रेक लाग्यो ।

प्रारम्भीक व्यवासयदेखी हालसम्म
बुवा छिउडीमा प्रधानपञ्चहुँदादेखी नै व्यवसाय थियो । सुर्खेत बसाईँ सरेपछि पनि वीरेन्द्रनगरमा शंकर स्टोर ०५३ सालबाट शुरु भइसकेको थियो । दाजु त्यो बेला निर्माण व्यवसायमा लागिरहेकाले बुवाले सञ्चालन गरेको व्यवसाय आफूले हेर्दै आएको खड्काको भनाई छ ।

०६३ सालसम्म त्यहीँ व्यवसायमा आवद्ध रहनु भएको उहाँ त्यो विचमा देशमा चलेको सशस्त्र द्वन्द्वको मारमा आफ्नो व्यवसाय परेको थियो । ‘प्रत्यक्ष रुपमा द्वन्द्व आँखै अगाडी नियाले । बुलबुले आयल स्टोर परिसरमा रहेको तेल, चामल र पिठो उद्योगमा बम विष्फोट भयो विस्तारै गति लग्दै गरेको व्यवसाय त्यहीँ घटनाले सदाका लागि बन्द गरिदियो’ उहाँले थप्नुभयो, ‘द्वन्द्वका कारण भौतिक संरचनामै ठूलो क्षति पु¥याएको थियो ।’

०५९ सालमा स्थापना भएको बुलबुले आयल स्टोर पनि द्वन्द्वका कारण प्रभावित भयो । व्यापार व्यवसाय प्रायः बन्द हुने अवस्थामा पुग्यो तर शंकर स्टोर्स भने जेनतेन चलिरहेकै थियो । २१ वर्षकै उमेरमा बुवा गुमाएपछिको अभिभाकत्व दाजु (सूर्य) हुनुहुन्थ्यो । उहाँकै प्रेरणाबाट बाँकी जीवनले सार्थकता पाइरहेको थियो । परिवारमा खुसी नै थियो ।

०६३ सालमा दाजु र म अलग भएपछि हतोत्साहित भए । संयुक्त परिवारमै हुर्केको म एक्काशी दुई भाइ अलग बाटोमा लागेपछि के गर्ने कसरी अघि बढ्ने भन्ने अन्यौलता छायो । भौतिक सम्पत्ति पाएपनि दाजुको माया थियो तर हिजोजस्तै संगै थिएन्, जिन्दगीलाई कुन बाटोमा डो¥याउने भन्ने अनिर्णयको मोड लियो ।

किनकी हिजोसम्म संयुक्त हुने योजना अब एक्लै तय गर्नुथियो । सम्बन्ध भएपनि योजनाहरु तय गर्ने आधार र मार्ग दर्शन दिने व्यक्तित्व थिएन् । जे गर्नुथियो अब एक्लै जानीनजानी अघि बढ्नु बाहेक अन्य विकल्प थिएन् ।

दाजुबाट अलग भएपछि उहाँलै थालेको ठेक्कापट्टाको काम आरम्भ गरे । ०६३ सालमा नेपाली सेना, नेपाल प्रहरीको रासन ढुवानी गर्ने ठेक्का लिए । एकल लगानीमै निर्माण व्यवसायी बन्ने अठोट लिए । काम गर्दै जाँदा ०६७ सालमा बुवाको नामबाट शंकर कन्ट्रक्र्सन फर्म शुरु गरे । विस्तारै सडक कार्यालयका साना कामहरुमा गर्न थाले ।

निर्माणको काम पाएपछि अनुभवहुँदै जाँदा ०७० सालमा फर्मलाई बढाउँदै श्याम एण्ड शंकर कन्ट्रक्र्सन बनाए । हाल त्यहीँ कामलाई निरन्तरता दिएको छु । अहिले फर्मलाई जेभीमा पु¥याएर निर्माणको काम गरिरहेको छु । जिन्दगीको यो रफ्तार आइपुग्नमा श्रीमतिको ठूलो योगदान रह्यो । कयौं पल तनावमा भएको बेला उनले दिने प्रेरणाले काम गर्ने थप हौसला प्राप्त भइरह्यो । जसले मलाई थप काम गर्नमा ऊर्जा मिलिरहेको छ ।

‘जति गरेपनि राज्यले हामीप्रति गर्ने व्यवहारले कहिले काँही यो व्यवासय छोडौं जस्तो लाग्छ । निर्माण व्यवसायबाट सन्तुष्ट छैन्, तर विस्तारै व्यवसाय रुपान्तरण गर्ने योजना बनाइरहेको छु’ उहाँ भन्नुहुन्छ ।

शिक्षामा लगानी
०६४ सालमा बुवाको सम्झानामा वीरेन्द्रनगरको तातापानीमा भ्याली म्यारिडियन एकेडेमी स्थापना गरे । जिन्दगीको दौडाहमा मैले कयौं बालबालिकाहरु अभिभावक गुमाएपछि पढ्नबाट बञ्चित भएको देखेको र भेटेको छु । त्यस्ता बालबालिकाहरुलाई विशेष छुट दिएर आवासिय शिक्षा दिने हेतुले नै स्कुल स्थापना गरेको हुँ ।

हाल १० कक्षासम्म पढाइ हुने स्कुलमा १५ जना बालकालिकालाई निःशुल्क पढाइरहेको छु । ‘निर्माण व्यवसायबाट पहिचान बनाएपनि बुवाको सम्झनामा स्थापना गरेको विद्यालयलाई व्यवस्थित गरेर आवासियसहित अशक्त, गरिव र अनाथ बालबालिकाहरुलाई पढाउने योजनामा छु’ खड्काले भन्नुभयो ।

जिन्दगी
जिन्दगी जे सोचिन्छ त्यो बन्दैन् तर त्यसलाई कुशलतापूर्वक निर्वाह गर्नमा आफूमा लगाव र इमान्दारिता भने हुन जरुरी हुँदो रहेछ । विगतमा राम्ररी चलेको जिन्दगीमा ०६३ सालको त्यो परिस्थितिले एक घेरामा बाँधिदियो । सुखसयलमै वितेका ति दिनहरु एक्काशी जिम्मेवारी टाउकोमा बज्रिदा मात्रै मैले खास जिन्दगी बुझे ।

किनकी बाल्यकाल, युवावस्था र विवाहपछिसम्म पनि खास अभाव झेल्नु परेन् । बुवाको अवसानपछि दाजु नै मेरो मार्गदर्शक हुनुहुन्थ्यो । आज जहाँ छु, उहाँले जिम्मेवारी वहन गर्नुभएको त्यतिबेलादेखी निर्माण व्यवसायको ज्ञानले यो स्थानसम्म पु¥याएको हो । ‘जब भोगिन्छ, तब मात्रै जिन्दगीबारे मानवले बुझ्छ । जति गरिरहेको छु, गर्दै जाँदा जिन्दगीको शाव्दिक अर्थ पहिल्याउँदै अघि बढिरहेको छु ।

हालसम्म मैले जति भोगे त्यहीँ नै मेरो जिन्दगीको सिकाइ बनिरहेको छ, जुन अझै पूर्ण भएको छैन्’ खड्काले थप्नुभयो, ‘जिन्दगीले कहाँबाट कहाँ पु¥याइदिन्छ तर त्यो बेला विचलित नभएर मार्गपथमा मात्रै लागि रहने हो भने खास जिन्दगी बुझिन्छ ।’

आवद्धता र योगदान
सानैदेखी खेलकुदमा रुची राख्ने खड्का फुटबल खेलमा शौखिन हुनुहुन्थ्यो । ऊ बेला जिल्लास्तरिय प्रतियोगितामा नेपालगञ्जसम्म सहभागी भएको त्यो पल अझै ताजा छ । ०५६ सालदेखी क्रिकेट संघ सुर्खेतको संस्थापक अध्यक्ष बन्नुभएको उहाँ होराइजन बोर्डिङ स्कुलका संस्थापक सदस्य तथा सुर्खेत बहुउदेश्यीय सहकारीका संस्थापक सदस्य समेत हुनुहुन्छ ।

वृद्धाश्रममा पाँच लाख, गुम्बा निर्माणमा ५० हजार, बड्डीचौरमा मन्दीर निर्माणमा एक लाख सहयोग गरिसक्नु भएको छ । कमाउनु मात्रै ठूलो हैन कमाएको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्दा आत्मसन्तुष्टि प्राप्त गर्छु । हाल उहाँ हेभी इक्युपमेन्टको राष्ट्रिय उपाध्यक्ष तथा निर्माण व्यवसायी एकता समाज सुर्खेतको बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । दैलेखको साइगाउँमा रहेको कर्णाली तथा सुर्खेतको बुलबुले आयल स्टोर्समा १२, जेभीमा १६० र विद्यालयमा ४२ जनालाई रोजगारी दिनुभएकाे छ ।

अन्त्यमा..
निर्माण व्यवसायप्रति राज्यले गर्ने व्यवहारका कारण आफ्नो व्यवसायबाट सन्तुष्ट छैन् । काम गर्ने वातावरण राज्यले बनाउने हो तर यहाँ एक जनाले गल्ती गरे सबैलाई एकै ठाउँमा राखेर हेर्ने नियती राज्यकाे छ । जुत गलत हो ।

ठेक्का सम्झौता गरेर मात्रै हुँदैन् त्यसलाई कुशलतापूर्वक सम्पन्न गर्नमा राज्यले वातावरण सिजर्ना गर्ने हो, जुन यहाँ छैन् । निर्माण व्यवसायी सबै एउटै छैनन्, त्यो म स्वीकार गर्छु ।

यहाँ कतिपय क्षमताभन्दा बढी ठेक्का लिने तर अलपत्र छाड्दा उनीहरुकै दर्जामा हामीहरुलाई पनि वर्गिकरणमा राख्दा काम गर्ने वातावरण छैन् । त्यसैले मैले यो व्यवसायबाट सन्तुष्ट हुन सकेको छैन् भनेको हुँ ।

प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६     10:10:16 PM
error: Content is protected !!