☰ open Loading... 19 April 2024|  

भेस्पा स्कुटरको सोरुम उद्याेग मन्त्री बुढाद्वारा उद्घाटन
  | १२ आश्विन २०७६, आईतवार १७:०५

सुर्खेत । पछिल्ला वर्षमाहरुमा अत्यधिक रोजाईमा परेको भेस्पा र अर्पिलिया स्कुटरको सोरुम सुर्खेतमा पनि स्थापना गएिको छ । । प्याजियो कम्पनीको आधिकारीक जिम्मेवारी पाएको श्रीनाथ सप्लायर्सलाई वीरेन्द्रनगर–३ जुम्ला रोडमा सोरुम स्थापना गरेको हो ।सोरुमकाे कर्णाली प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा मन्त्री बुढाले समायनुकुल व्यवसाय रुपान्तरण गर्दा कर्णालीको व्यवसाय अब्बल हुनेमा विश्वास व्यक्त गर्नुभयो । यस्ता खालका व्यवयासहरुले रोजगारीको सिर्जना गर्ने र नागरिकले अावश्यक सामग्री खरिद गर्न बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बुढाले बताउनुभयाे ।

उहाँले कर्णालीको विकासका लागि उद्योग स्थापनामा व्यवसायहरुलाई लगानी गर्न आग्रह गर्नुभयो । ‘उद्योगको विकासका लागि सरकारले वातावरण सिर्जना गर्छ तपाईहरु ढुक्कले लगानी गर्नुहोस्’ मन्त्री बुढाले भन्नुभयो, ‘उद्योगले रोजगारीको थप सिर्जना गर्ने र समृद्ध कर्णाली निर्माणमा टेवा पुग्दछ ।’

कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत, महासचिव लक्ष्मण कंडेल, प्याजियो कम्पनी नेपालको आधिकारीक दुगर्ड ब्रदर एण्ड सन्स प्रा.लि.का हेड अफ अप्रशेन विजयकुमार महतो लगायतको उपस्थिति थियो ।

इटालियन प्रविधिबाट बनेका स्कुटरहरुको नयाँ बिक्री, सर्भिस र स्पेयर्स पार्टस् विक्री गरिने श्रीनाथ सप्लायर्सका म्यानेजर अर्जुन दाहालले जानकारी दिनुभयो । उहाँअनुसार बजारीकरणको नयाँ आयामका साथ सोरुम सञ्चालनमा ल्याएको बताउनुभयो ।

विगतमा भेस्पा र अर्पिलिया स्कुटर बिक्री भएपनि सर्भिस सेन्टर नहुँदा ग्राहकहरुले सास्ती झेल्नु परेको बताउँदै म्यानेजर दाहालले अब हामीले नयाँ मोडलका स्कुटर विक्री र ग्राहकहरुलाई प्रभावकारी सर्भिस सेवा दिन सोरुम सञ्चालनमा ल्याएको उल्लेख गर्नुभयो ।

अन्य स्कुटरको तुलनामा भेस्पा र अर्पिलियाको स्कुटरमा उच्चगतिको पिकअप, आकर्षक मोडल, बलियोपना भएको दाहालले बताउनुभयो । उहाँले प्याजियो कम्पनीले तयार पारेका १५० सीसी र अर्पिलिया स्ट्रोङ–१२५ सीसी नयाँ मोडलको स्कुटर विक्री खुला गरिएको छ । अर्पिलिया स्कुटरको मुल्य २ लाख २४ हजार नौसय छ । दशैं–तिहार अफरमा नयाँ स्कुटर किन्ने ग्राहकहरुले हेल्मेट र पेरिमिटर किट पाउनेछन् ।

साथै पाँचहजार देखी एक लाखसम्म नगद कुपन रहेको जनाएको श्रीनाथले लक्की ड्रबाट वन्जी र जीपफ्लायएरदेखी अन्नपूर्ण वेश क्याम्पमा हेलिकप्टर टुर अफर दिएको जनाएको छ । कार्यक्रम श्रीनाथ सप्लायर्सका सञ्चालक बसन्ती शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो ।