☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

भत्ताको प्रभावकारी वितरणका लागि उपप्रमुखद्वारा अनुगमन

  |

सुर्खेत । जेष्ठ नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ताको प्रभावकारी बितरणका लागी वीरेन्द्रनगर नगरपालिकाले बै‌‌‍कहरुको अनुगमन गरेको छ । हिन्दु नेपालीहरुको महान चाड दशै, तिहार र छठ नजिकिएसंगै बैकहरुमा ठुलो भिडभाड हुने र जेष्ठ नागरिकले सहजै सामाजिक सुरक्षा भक्ता लिन नसकिरहेका बेला नगरपालिकाले वीरेन्द्रनगरका बैकहरुको अनुगमन गरेको हो ।

वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालको नेतृत्वमा गएको टोलिले वीरेन्द्रनगरका विभिन्न वडाको सामाजिक सुरक्षा भक्ता बितराणको जिम्मा लिएका बैकहरुमा अनुगमन गरि जेष्ठनागरिकलाइ सहज रुपमा भक्ता दिन आग्रह गरेको हो ।

सहज रुपमा भक्ता बितरण गर्दा केही कानुनि जटिलता भए पनि तत्काल समस्या सामाधान गरि बितरण प्रकृयालाई छिटो र छरितो बनाउँने उपप्रमुख ढकालले बताउनुभयो ।

बैंक अनुगमन लगतै वीरेन्द्रनगरको वडा नम्बर ८ का केही जेष्ठनागरिकलाई भेटेर उपप्रमुख ढकालले जेष्ठनागरिकहरु संग छलफल गर्नुभएको थियो । छलफलका क्रम्मा जेष्ठनागरिकहरुले सहज भक्ता बितरणका साथै उनिहरुका लागी दिवा खाजा, जेष्ठनागरिक सेवा केन्द्रको वयवस्था गरिदिन माग गरेका थिए ।

उता बैकहरुले भने चाडबाडको बेला ग्राहकहरको बाक्लो भिडभाड भएता पनि जेष्ठ नागरिकलाई भने सहजरुपमा सेवा प्रबाह गर्ने बताए । अनुगमनमा वीरेन्द्रनगरमा प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, प्रशासकिय अधिकृत प्रकाश पौडेल, वडा नम्बर ६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेल र वीरेननगर नगर कार्यपालिकाका सामाजिक समितीका संयोजक यमुना नेपाली लगाएतको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, अशोज १४, २०७६     2:14:19 PM
error: Content is protected !!