☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

‘जापानले पौरख गर्न सिकायो’

  |

व्यवसायलाई दिगो बनाउन अथक प्रयाससंगै निरन्तरता जरुरी हुन्छ । जो कोही सहजै व्यापारलाई गन्तव्यमा पु¥याउन सक्दैनन् । लगाव, निरन्तरता र झुकावले मात्रै व्यवसायलाई सही गन्तव्यमा लैजान सफल बनाउँछ । त्यस्तै उदाहणिय व्यक्तित्व हुनुहुन्छ, लक्ष्मण कंडेल । गुल्मीमा जन्मिएनुभएका कंडेलको संघर्षले नै आज कर्णालीमा बजाज मोटरसाईकलले एकछत्र राज गरिरहेको छ ।

बाल्यकाल/शिक्षा
जन्मजहाँ भएपनि संघर्षले मानवलाई पहिचान दिन्छ । संघर्षले बनाइदिएइको पहिचनले मात्रै मानवलाई आत्मसन्तुष्टि दिलाउँछ । गुल्मीस्थित साविकको गाविस दिगाम–२ श्रीङ्गा (हाल छत्रकोट गाउँपालिका–३) मा २०२९ सालमा जन्मिुनभएका कंडेल गाउँकै शारदा निमावि श्रीङ्गामा अक्षर चिन्नुभयो ।

कक्षा दुईसम्म गाउँमै पढेपनि बाँकी कक्षा ३, ४ र ५ भने पाल्पाको दरवार हाइस्कुलमा मामाघरमा बसेर पढ्नुभयो । ‘मामा शिक्षक हुनुहुन्थ्यो’ कंडेलले भन्नुभयो, ‘पढाईको वेश बलियोहोस् भन्ने हेतुले पाल्पा गएको थिए ।’ बाँकी एसएलसीसम्मको पढाई पूरा गर्न फेरी श्रीङ्गाको जनता माध्यमिक विद्यालयमा फर्किनुभयो ।

०४७ सालमा एसएलसी पास गर्नुभएका कंडेल आईएड पढाई भने रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंबाट पूरा गर्नुभयो । काठमाडौंको बसाइँले जीन्दगीको सार्थक दौडाइ पहिल्याउन शुरु गरिसकेको थियो । गाउँमा अचल सम्पत्ती अथाह भएपनि पढाईँलाई गन्तव्यमा लैजान नगद रुपैयाँ नहुँदा काठमाडौ बस्न सहज थिएन् ।

आइएड पास गरे, विएड पढ्न आरआरमै भर्ना भए तर पढाई पूरा गर्न नसकेको कंडेल बताउँनुहुन्छ । आइएड पढ्दा पढ्दै कंडेलको क्याम्पस यात्रामा पूर्ण विराम लाग्यो ।

‘पढ्दा पढ्दै भागेको दिन’
गाउँमा ०४२ सालतिर सदरमुकाम जोड्ने सडक बनिसकेको थियो । स्कुल जाँदा सडकमा ट्याक्टर कुदाएको देख्दा त्यस्तै चालक बन्ने सपना बुन्थे । ‘६ कक्षामा पढ्दै थिए । शुक्रबारको दिन थियो । माघे संक्रान्तीमा लाग्ने रिडी मेला हेर्न त्यहीँ ट्याक्टरमा चढेर भाग्यौं’ कंडेल सम्झनुहुन्छ, ‘साथीकै उक्साहटमा म पनि घरमा थाहा नदिएर भागे ।

तीन दिन मेलामै भुलेर त्यसपछि बुटवल हानिए ।’ बुटलवमा कंडेल र उहाँसंगै भागेका साथी ट्रकमा हेल्परको काम लागि सकेका थिए । तीन दिन ट्रकमा काम गरेको थिए छोरो भागेको खवर थाहा पाएपछि बुवा खोज्दै बुटवल पुग्नुभयो । ट्रकमा काम गरिरहेको अवस्थामा बुवाले भेटाएपछि गुल्मी लगेर फेरी पढ्न थाले ।

प्रारम्भीक व्यवासयदेखी हालसम्म
बुवा सामाजिक काममा अग्रसर हुनुहुन्थ्यो । विहान पाकेटभरी रुपैयाँ लिएर घरबाट निस्केपछि साँझ फर्किदा एक रुपैयाँ हुन्थेन् । मेरा साथीका बुवाहरु व्यवसाय गरिरखेको थिए । साथीहरुले जहिले पनि रुपैयाँ खर्च गरेको देख्दा व्यवसायभन्दा ठूलो अन्य केही रहेन्छ भन्ने लाग्थ्यो । स्कुल पढ्दा नै व्यवसाय गर्नुपर्छ भन्ने सोच मनमा थियो ।

तर घरपरिवारको चाहना छोरो इन्जिनियर भैदिहोस् भन्ने चाहन्थे । आफ्नो मनमा भने व्यवसाय गर्ने र गाडी चलाउने मानसपटलमा छापसरी बसेको थियो । विएड पढाई पूरा गर्नुभन्दा जागिर खाएर पैसा कमाउने योजना बनाए । अन्तिम लक्ष्य भनेकै पैसा कमाएर व्यवसाय शुरु गर्नुथियो । पोखरामा मामाको रम्बा चाउचाउको कम्पनी थियो ।

मामासंगै काम गर्ने निधो गरे । ०५२ सालमा मामाले मलाई पश्चिम क्षेत्र हेर्नेगरी इन्चार्ज बनाएर कोहोलपुर पठाउनुभयो । त्यो बेला मैले धनगढी, सुर्खेत र कोहलपुर हेर्थे । कयौं संघर्षपछि रम्बा चाउचाउको थुप्रै ठाउँमा डिलर स्थापना गरेरै छाडे । एक वर्षको अथक मेहनतले मलाई जिम्मेवारी वोध बनायो ।

व्यवसाय कसरी गर्ने भन्ने कौशलता त्यतिबेला सिक्ने अवसर पाइरहेको थियो । झण्डै एकवर्ष काम गरेपछि रम्बा चाउचाउ कम्पनी छाडे । पहिलो पटक मैले एकलाख २० हजार रुपैयाँ बचाउन सफल भएको थियो । ०५५ सालतिर बुटवलमा शेयरमा इट्टाभट्टाको काम शुरु ग¥यौं । व्यवसाय राम्रोहुँदै गयो । बुटवल र लुम्बिनीमा आफ्नै लगानीबाट जग्गा जोडे । दुई वर्षको अवधिमा झण्डै सात लाख रुपैयाँ इट्टाभट्टाबाट कमाए ।

सुर्खेत प्रवेश
रम्बा चाउचाउमा काम गर्दा डिलर स्थापना गर्ने र पश्चिमको व्यवसायमा बुझ्ने अवसर पाएको थिए । ०५३ सालमा सुर्खेत आउँदा झण्डै ३३ वटा मोटरसाईकल मात्रै सुर्खेत उपत्यकामा थिए । बन्दै गरेको सुर्खेतमा मोटरसाईलकसम्वन्धी व्यवसाय गर्दा ठिकै होला भन्ने पूर्वानुमान गरे । यहाँको वस्तुस्थिति बुझ्दा मोटरसाईलक विग्रेपछि बनाउने वर्कसप थिएन् ।

बुटवलमा ईट्टाभट्टाको लगानी झिकेर म व्यवसायकै लागि सुर्खेत हानिए । शुरुमा मोटरसाईलकको वर्कसप सञ्चालन गर्ने गृहकार्य शुरु गरे । ०५६ साल माघबाट पूर्ण रुपमा भाञ्जाको नामबाट असिम अटो वर्कसप व्यवसाय सञ्चालनमा ल्याए ।

‘त्यो बेला एकलाख भारुबाट व्यवसाय आरम्भ गरेको हुँ’ कंडलले भन्नुभयो, ‘सुर्खेतमा व्यवसाय गर्न निकै चुनौती थियो । सबै पाटपुर्जा भारतबाटै ल्याउनु पर्ने बाध्यता थियो । तै पनि व्यवसाय गर्न आँटेपछि टिकाउनु पर्ने बाध्यता थियो ।’

सुर्खेतमा व्यवसायलाई दिगो बनाउन भारतको दिल्ली पुगेर पार्टसका सामग्री ल्याउनु पथ्र्यो कंडल ति दिन सम्झनुहुन्छ । विस्तारै सुर्खेतमा शुन्यबाट थालनी गरेको व्यवसायले गति लियो । मानव बस्तीको चापसंगै मोटरसाईलकको माग बढ्न सक्छ भन्दै यमाह मोटरसाईकलको डिलर शुरु गर्ने योजना बनाए ।

०५७ सालमा सुर्खेतमै यमाह मोटरसाईकलको सोरुम सञ्चालनमा ल्याउन सफल भए । सुर्खेतसम्म बाइक ढुवानी गर्ने साधन थिएनन् । नेपालगञ्जबाटै मोटरसाईकल चलाएर ल्याइ बेच्नु पथ्र्यो ।

‘मोटरसाईकल चढ्ने वानी खासै नागरिकहरुमा रुची थिएन् हामीलेसमूह बनाए रुपैयाँ संकलन गर्दै पालैपाले ढुकुटीमार्फत मोटरसाईकल किनेर चढाउन थाल्यौं’ कंडेलले थप्नुभयो, ‘विस्तारै माग बढ्न थालेपछि रुपैयाँ अग्रिम उठाएर माग पूरा गर्दै गए । कम्पनीले कम्तीमा एकसय मोटरसाईकल बेच्ने लक्ष्य दियो, त्यो मैले सात महिनामै पूरा गरेपछि कम्पनीले नै घुम्न पहिलो पटक जापान पठायो ।’

जापानमा ११ महिना
यमाहले जापान घुम्न पठाएपछि ११ महिना म जापान बसे । जापानमा मैले टोयटा गाडी कम्पनीमा काम गर्ने जिम्मेवारी पाए । जीन्दगीको संघर्ष जापान बसाइँले सिकायो । ‘जापान कसरी बनेको रहेछ भन्ने ज्ञान त्यहाँ काम गर्दा थाहा पाए’ कंडेलले भन्नुभयो, ‘रोवर्टसंग दैनिक ११ घण्टा काम गर्नुपथ्र्यो । त्यहाँको पौरखलाई मैले स्वदेशमै लगानी गर्ने सोचसहित पुनः नेपाल फर्कने निधो गरे ।’

बजाज यात्रा
जापान जानुअघि यमाहसंग बनाएको साख फर्किदा थिएन् । चाहेपनि यमाहसंग काम गर्ने सम्भावना थिएन् । केही वर्ष नेपालगञ्जमै बजाज कम्पनीसंग काम गरे । सुर्खेतमा फेरी २०६० सालमा उप–शाखा स्थापना गरेर बजाज कम्पनीका मोटरसाईलक विक्री गर्न थाले ।

शुन्यबाट शुरु गरेको व्यवसाय भएपनि त्यहीँ व्यवसाय यसअघि नै गरिसकेको थिए । कम्पनी मात्रै फरक भएपनि विस्तारै बजाज कम्पनीको मोटरसाईलक विक्रीको लक्ष्य बढ्दै गयो । अन्ततः बजाज कम्पनीले सुर्खेतमै सोरुम सञ्चालन गर्न ०६६ सालमा डिलरको अधिकार दियो ।

६ वर्षसम्म संघर्ष गरेपछि ०६६ सालमै मैले बजाजको लक्ष्यभन्दा बढी मोटरसाईकल विक्री गर्न सफल भए । बजाजले नै परिवारलाई घुम्न बेलायत पठायो । बेलायतको बजार, अटो सेल्सका विधि लगायतका बारेमा थुप्रै ज्ञान बेलायत गएपछि जान्ने अवसर पाए । बजाज कम्पनीले नै हालसम्म ६५ बढी राष्ट्रमा घुम्न पठाइ सकेको छ । यो अवसरमा मैले कयौं व्यवसायीक ज्ञान हासिल गर्ने मौका पाएको छु ।

जिन्दगी के हो ?
‘संर्घष नै जीन्दगी हो । संघर्षविना लक्ष्य कहिल्यै भेटाउन सकिदैन् । मान्छे संघर्ष गरेरै जन्मिन्छ र संघर्ष गरेरै मर्छ’ कंडेल भन्नुहुन्छ, ‘व्यापारिक यो यात्रामा मैले संघर्ष नगरेको भए आज कम्पनीले मैलाई करोडौंको मोटरसाईकल दिएर विश्वास गर्न उद्धत गर्ने थिएन् । त्यसैले लक्ष्य पहिल्याउन आफ्नो पथ कहिल्यै नभुले सफलता कहीँ हरण हुँदैन् ।’ कंडेलकाअनुसार काम कर्तव्य बुझेर लगनशील र इमान्दारीता देखाए सफल भइन्छ ।

आवद्धता
असिम अटो पार्टसका सञ्चालक कंडेल हाल सुर्खेत उद्योग बाणिज्य संघका महासचिव हुनुहुन्छ । उज्वल बहुउदेश्यीय सहकारी संस्थाको सचिव, लायन्स क्लवअफ बुलबुलेको सदस्य लगायतका विभिन्न संस्थाहरुसहित उहाँ विभिन्न सामाजिक कार्यहरुमा समेत अग्रपन्तिमा हुनुहुन्छ । कमाउनु मात्रै ठूलो हैन्, मुनाफाको केही हिस्सा सामाजिक हितमा लगाउँदा व्यवसायीक सन्तुष्टि मिल्ने उहाँको धारणा छ ।

अन्त्यमा..
सुर्खेत उद्योग बाणिज्य संघको जिम्मेवारी पाएपछि व्यवसायलाई अगाडी बढाउन श्रीमती शोभा कंडेललेको पूर्ण साथ छ । सामाजिक कार्य तथा संघको जिम्मेवारीमा श्रीमान होमिएपछि मोटरसाईकल तथा अटो रिक्साको व्यवसायलाई अघि बढाउँदै आउनुभएको छ ।

हाल कर्णाली प्रदेशमा बजाजले मोटरसाईकलको झण्डै ६८ तथा अटोको ७२ प्रशितशत हिस्सा ओगटेको छ । विदेश होमिनुभन्दा अटोमार्फत स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिएको कंडेलको भनाई छ ।

विदेश गएर कमाउनुभन्दा स्वदेशमै पौरख गर्ने हेतुले बजाज अटोको व्यवसायलाई उच्च प्राथमिकतामा राखेको कंडेललले बताउनुभयो । ग्राहकहरुलाई सर्भिस सेवा प्रभावकारी दिएकै कारण बजाजप्रतिको विश्वास बढ्दोक्रममा छ । बलियो र उच्च गतिको पिकअप क्षमता रहेकै कारण बजाजप्रति ग्राहकहरुको रुची बढेको छ ।

बजाजमा हाल प्रत्यक्ष रुपमा झण्डै तीनसय जनालाई रोजगारी दिइएको छ । कर्णालीमा बजाजका आधिकारीक सर्भिस प्वाइन्ट १० अाेटा छन् । निकट भविष्यमै चार बढी स्थानमा सर्भिस प्वाइन्ट थप्ने तयारी गरिरहेको कंडेलले बताउनुभयो ।

प्रकाशित मितिः मङ्लबार, अशोज १४, २०७६     9:34:51 PM
error: Content is protected !!