☰ open Loading... 20 October 2019|   आइतवार, कार्तिक ३, २०७६

जुम्ला जाँदै गरेकाे जीप रातानाङ्गलामा दुर्घटना

  |

सुर्खेत । नेपालगंजबाट जुम्लाका लागि छुटेको जिप सुर्खेत दैलेख सडक खण्डको रातानाङ्गलामा दुर्घटना भएको छ ।

गो- कर्णालीको भे १ ज १०८४ नम्बरको गाडी सुर्खेतको रातानाङ्ला गेट नजिककाे भीरमा खस्दा दस जना यात्रु घाइते भएका हुन् ।

दुर्घटनामा घाइते यात्रुहरूलाई उपचारका लागि वीरेन्द्रनगर ल्याईएकाे जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जानकारी दिएको छ । गाडी सडकबाट दुईसय मिटर तल खसेको छ  । घाईतेहरूकाे नाम खुलेको छैन् ।

प्रकाशित मितिः आइतवार, अशोज १९, २०७६     9:29:31 AM
error: Content is protected !!