☰ open Loading... 19 April 2024|  

दैलेख साँस्कृतिक महाेत्सवकाे तयारी तिव्र
  | २५ आश्विन २०७६, शनिबार २०:१०

दैलेख । दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘दैलेखको धार्मिक तथा पर्यटन क्षेत्रको प्रचार–प्रसार हाम्रो अभियान’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सव २०७६ को तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक मुल समारोह समितिका आर्थिक संयोजक एल.वि. थापाले जानकारी दिए ।

दैलेख जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलको प्रचार–प्रसारका लागी आयोजना गर्न लागीएको महोत्सव यहि असोज २९ गते देखी कात्तिक ९ गते सम्म ११ दिन सम्म संचालन हुने छ । महोत्सबको कर्णाली प्रदेशका पर्यटन मन्त्रिले उद्घाटन गर्ने महोत्सब मुल आयोजक समितिले जानकारी दिएको छ ।

महोत्सव संचालन हुने स्थान काँडाचौर घेरवारको काम सकिनै लागेको छ । अहिले मन्च वनाउने काम धमाधम चलिरहेको छ । यस्तै महोत्सवमा आउने स्थानीय तथा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारको पनि टुङ्गो लागी सकेको आयोजकले जनाएको छ ।

महोत्सब स्थल दैलेखको काँडाचौरको सुरक्षाका लागि सि.सि. क्यामेरा जडान गरिने छ । महोत्सबमा झण्डै १०० भन्दा बढी स्टल राखिने आयोजकले जानकारी दिएको छ ।

सि.सि. क्यामेराको मद्धतले महोत्सव अवधिभर हो हल्ला गर्ने र उश्रृंखल कार्य गर्नेहरुलाई तत्काल कारवाही गर्न सकिने व्यवस्था समेत आयोजकले मिलाएको छ । महोत्सव आयोजक समितिले दैलेखको नयाँ वजार स्थीत हाईस्कुल अगाडी युरोगार्ड सहितको स्वच्छ खानेपानी ट्यांकि राख्नका लागी पहल सुरु गरिसकेको छ ।

दैलेख साँस्कृतिक तथा घरेलु व्यापार महोत्सवमा बिभिन्न स्थानीय र राष्ट्रिय कलाकारहरुले बिभिन्न साँगितिक कार्यक्रमहरु प्रस्तुत गर्ने छन् ।

साथै दैलेख जिल्ला भित्र रहेको विभिन्न नाचहरुको प्रस्तुती रहने बताइएको छ । महोत्सबमा दैलेख जिल्लामा उत्पादित विभिन्न कृषि उपज बस्तुुहरुको खरिद बिक्री समेत गरिने भएको छ ।

स्थानीय तहलाई स्टल निःशुल्क

दैलेखका ११ वटै स्थानीय तहहरुलाई महोत्सवमा स्टल निःशुल्क प्रदान गरिने भएको छ । दैलेखका विभिन्न स्थानीय तहमा रहेका लघु तथा घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रचार–प्रशार गर्नका लागी स्टल निःशुल्क उपलव्ध गराउने योजना रहेको आयोजकले जनाएको छ ।

स्थानीय तहका लघु तथा घरेलु उद्यमीहरुले आफ्नो उत्पादनको विक्रि वितरण एवं प्रचार–प्रसार गर्न चाहेमा स्थानीय तहमार्फत आउनु पर्ने आर्थिक संयोजक थापाले वताए । दैलेख जिल्लाका २० जना फेन्सी व्यवसायीलाई स्टल निःशुल्क उपलव्ध गराइने छ ।