☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

६ जना जुवाडे पक्राउ

  |

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ६ जना जुवाडेलाई पक्राउ गरेको छ । वीरेन्द्रनगर –८ भानुचौकस्थित झलक जंग शाहीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर ७ बस्ने घरधनी झलक जंग शाही, हरि थापा, मनोज शाही, मीनराज शाही, धन ब.गुरुङ र सुरज सिजाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रवि रावलले जानकारी दिनुभयो । उहाँअनुसार जुवाडेबाट नगद ५२ हजार २८० रुपैयाँ बरामद गरिएको छ । । यसबारेमा थप अनुसन्धान भइरहेको रावलको भनाई छ ।

प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६     12:55:41 PM
error: Content is protected !!