☰ open Loading... 19 April 2024|  

सुनको भाउ बढ्यो
  | २९ आश्विन २०७६, बुधबार १७:५९

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको हो । आज छापावाल सुन तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको मूल्यभन्दा तोलामा ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबारको मूल्यमा १५ रुपैयाँले बढेको हो ।