☰ open Loading... 20 April 2024|  

मन्त्रीपरिषद हेरफेरमा प्रधानमन्त्रीको अधिकार : मन्त्री वस्नेत
  | २ कार्तिक २०७६, शनिबार १४:०२

सुर्खेत । वन तथा वातावरण मन्त्री शक्तिवहादुर वस्नेतले मन्त्रीपरिषद हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको वताउनुभएको छ । सुर्खेत विमानस्थलमा प्रेस संगठन सुर्खेतले शनिवार गरेको पत्रकार सम्मेलनमा मन्त्री वस्नेतले मन्त्रीपरिषद कस्तो वनाउने भन्ने कुरा प्रधानमन्त्रीको विश्वासमा रहेकोले मन्त्रीहरु हेरफेर गर्ने अधिकार उहाँकै भएको वताउनुभएको हो ।

“मन्त्रीपरिषद परिवर्तन गर्ने कुरा प्रधानमन्त्रीको कुरा हो , उहाँको सहजताको लागी हो ,उहाँले केही हेरफेर गर्न सक्नु हुन्छ” उहाँले भन्नुभयो । पत्रकारको प्रश्नमा मन्त्री वस्नेतले मन्त्री परिवर्तनको विषय नयाँ नभएको र वाहीर आएजस्तो गरि मन्त्रीपरिषद हेरफेरको चर्चा नभएको स्पष्ट पार्नुभयो ।

पत्रकार सम्मेलनमा मन्त्री वस्नेतले कर्णाली प्रदेशलाई विकासको राष्ट्रिय मुल प्रवाहमा सहभागी गराउने वताउनुभयो । कर्णालीको विकासमा सवैको भुमिका आवश्यक भएको भन्दै मन्त्री वस्नेतले यो वर्ष आर्थीक,सामाजिक विकासको वर्ष हुने वताउनुभयो । आर्थीक विकास र संरचना निमार्ण सरकारको पहिलो प्राथामिकता भएकोले अव सवै तिर विकासले गति लिने वताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निमार्ण गरिने प्रादेशिक एयरर्पोट जमिनको कारण नरोकिने भन्दै यसको काम छिटै संचालन हुने जानकारी दिनुभयो । सरकारले वाढी पिडितको समस्या समधान गर्न प्रक्रिया अगाडी वढाएको जानकारी दिदै मन्त्री वस्नेतले वाढी पिडितको समस्या समधान हुने विश्वास ब्यक्त गर्नुभयो ।