☰ open Loading... 20 April 2024|  

विपद् व्यवस्थापन दुत परिचालन गर्दै कर्णाली सरकार
  | ३ कार्तिक २०७६, आईतवार १२:४३

सुर्खेत । कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापन दुत खटाउने तयारी गरेको छ । विपद्का घटनाबाट वर्षेनी कर्णालीमा ठूलो जनधन र मानविय क्षती हुन थालेपछि विपद् प्रतिकार्यका लागि दुत खटाउन लागेको हो ।


कर्णालीका ७९ वटै स्थानीय तहहरुमा विपद् व्यवस्थापन दुतमा स्थानीय नागरिकहरुकै सहभागी रहने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताए । भण्डारीले कुनै ठाउँमा विपद्का घटना भए तत्काल उद्धार टोली पुग्न नसक्ने भएकाले स्थानीय स्तरमै दुत खडा गर्ने तयारीमा रहेको उल्लेख गरे ।

‘विपद् व्यवस्थापन दुतलाई घटना भए तत्काल अवलम्बन गर्ने उपायका बारेमा तालिम प्रदान गरिने छ’ मन्त्री भण्डारीले भने, ‘दुतहरुसंग नियमित रुपमा विपद् बारे समन्वय, प्रचारप्रसार गर्नमा विशेष परिचालन हुनेछन् ।’ दुतमा कति जनाको टोली रहने र उनीहरुले कस्ता कस्ता कामहरु गर्ने विषयमा केही दिनमै टुंगो लाग्ने भण्डारीले जनाकारी दिए ।

एशियामै पहिलो पटक कर्णाली सरकारले विपद् वीमा कार्यक्रम लागु गरेको मन्त्री भण्डारीको दावी छ । ‘वीमा कार्यक्रमले जनताको दुःखमा सहयोग पुग्ने हेतुले कार्यक्रम सञ्चालन गरेका हौं’ मन्त्री भण्डारीले थपे ।

विपद् बाजा बजाएर नआउने भन्दै पुर्व तयारी गर्न सके विपद् जोखिमलाई न्यूनिकरण गर्न सकिने भण्डारीको भनाई छ । पश्चिम नेपालमा जान सक्ने ठुलो भुकम्प तथा अन्य विपद्का अन्य घटनाहरु प्रतिकार्यका लागि सरकारले पुर्व तयारीमा कुनै कसर बाँकी नराखेको भण्डारीले उल्लेख गरे ।