☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

सन्दीप हालसम्मकै उच्च मूल्यमा इन्भेन्सिबल्समा अनुबन्धित

  |

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एक लाख पाउण्डमा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा अनुबन्धित भएका छन् । दी हन्ड्रेड ड्राफ्टबाट सन्दीप ओभल इन्भेन्सिबल्सले एक लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । सन्दीप दोस्रो चरणमा अनुबन्धित भएका थिए ।

सन्दीपले यसअघि खेलेका विश्वका थुप्रै फ्रेन्चाइज लिगमध्ये ‘दी हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य बिक्री भएका हुन् । दी हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगष्टसम्म हुनेछ । प्रतियोगितामा आठ टोली रहेका छन् ।

प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६     12:14:14 PM
error: Content is protected !!