☰ open Loading... 20 April 2024|  

यसपालीको ईदमा अक्षय र सलमानबीच बक्स अफिस भिडन्त
  | १७ कार्तिक २०७६, आईतवार २०:२३

अभिनेता सलमान खान हरेक वर्षको ईदमा आफ्नो नयाँ त्यो पनि सोलो चलचित्र रिलिज गर्दै आइरहेका छन् । बलिउडमा ईद सलमानकै हो भन्ने बुझेर उनीसँग आफ्नो चलचित्र जुधाउन अरु डराउँछन् ।

तर यो वर्ष ईदमा २ ठूला चलचित्रको महाभिडन्त हुने देखिएको छ । सलमानले चलचित्र ‘राधेः यार मोस्ट वान्टेड भाइ’ ईदका लागि बुक गरिसकेका छन् । अभिनेता अक्षय पनि आफ्नो चलचित्र ‘लक्ष्मी बम्ब’ यही मितिमा रिलिज गर्न चाहन्छन् ।

यसो हो भने आगामी ईदमा बलिउड बक्स अफिसमा महाभिडन्त हुने पक्का भएको छ । चलचित्र ‘लक्ष्मी बम्ब’ का निर्माताले आधिकारिक रुपमै २०२० ईदमा आफ्नो चलचित्र रिलिज गर्ने घोषणा गरिसेका छन् ।

(नवभारत टाइम्स)