☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

मोबाइल टावरको सामान बाटोमै अलपत्र

  |

तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकामा दुई सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । तर, टावर निर्माणका लागि ल्याएको सामान बाटोमै अलपत्र परेको छ ।

यो क्षेत्रमा यसअघि चिनियाँ कम्पनी डिस्याटले स्याटेलाइटबाट टेलिफोन सेवा उपलब्ध गराउँदै आएको थियो । कम्पनीसँग गरिएको सम्झौता सकिएपछि स्याटलाइन बन्द गरिएको छ । जसले गर्दा मुड्केचुलामा दुई सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।

मुड्केचुलामा टावर निर्माण गर्न ल्याएका सामान भने बाटोमै अलपत्र परेका छन् । टावरका सामान रुकुम र डोल्पाको सीमा क्षेत्रमा पर्ने त्रिवेणी बजारमा अलपत्र परेका हुन् ।
मुड्केचुलामा टावर निर्माणका लागि सामान ढुवानीको जिम्मा भारतीय आयस्था कम्पनीलाई दिइएको थियो । तर, त्रिवेणी बजारबाट सामान ढुवानी नगरिएको स्थानीय बासिन्दाले बताए । दुई वर्षदेखि टावरका सामान बाटोमै अलपत्र हुँदा मुड्केचुला सञ्चारविहीन भएको गाउँपालिका निमित्तप्रमुख प्रशासकीय अधिकृत राजेन्द्र ठकुल्लाले बताए ।

आयस्था कम्पनीले स्थानीय सरकारसँग सहकार्य नगरेको र बारम्बार ताकेता गर्दा पनि वेवास्ता गरेको गाउँपालिकाले जनाएको छ । अब कम्पनीसँगको सम्झौता तोडिने गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले बताए । यो समस्या छिट्टै समाधान गरिने उनको भनाइ छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक १८, २०७६     10:02:18 AM
error: Content is protected !!