☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

बलिउड अभिनेता गोविन्दा नेपालमा

  |

काठमाडौं । बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । कात्तिक २१ बाट वीरगन्जमा आयोजना हुने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन उनी आज नेपाल आइपुगेका हुन् ।

महोत्सव आयोजक चलचित्र निर्माता संघको निमन्त्रणामा गोविन्दा नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग छोटो कुरा गर्दै उनले फिल्म फेस्टिभलमा आफू अतिथिका रूपमा आएको बताए । महोत्सवमा गोविन्दाले पनि प्रस्तुति दिने निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए ।

महोत्सव २१ गतेदेखि ४ दिनसम्म चल्ने छ ।

यसअघि गोविन्दा गत वर्ष काठमाडौंमा आयोजित ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । उनकी श्रीमती सुनिता आहुजा नेपाली मूलकी हुन् ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १९, २०७६     6:36:39 PM
error: Content is protected !!