☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

मुख्यमन्त्रीको पहलमा सुत्केरीकाे उद्धार

  |

सुर्खेत । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पहलमा कालिकोटकी रत्ना शाहीको उद्धार गरिएकाे छ । सुत्केरी व्यथाले सिकिस्त शाहीको थप उपचारका लागि नेपाली सेनाको हेलीकोप्टरवाट उद्धार गरिएको हो ।

तीन दिनदेखि सुत्केरी व्यथा लागेकी रास्कोट नगरपालिका-१ छिपखाना निवासी शाही सहज सुत्केरी हुन नसकी खतराको लक्षण देखिएपछि उद्धार गरिए मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले जानकारी दिनुभयो । मुख्यमन्त्रीको पहलमा उद्धार गरिएकी शाहीको थप उपचार प्रदेश अस्पताल सुर्खेतमा लगिएकाे छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २१, २०७६     5:34:28 PM
error: Content is protected !!