☰ open Loading... 19 November 2019|   मङ्लबार, मंसिर ३, २०७६

पूर्वअर्थ सहायक मन्त्री रुपज्योति पक्राउ

  |

काठमाडौं । पूर्वअर्थ सहायक मन्त्री रुपज्योति कंशाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परीसर काठमाडौंको टोलीले सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

रुपज्योतिलाई जग्गा कारोबारमा ठगी गरेको आरोपमा पक्राउ गरिएको भनिए पनि प्रहरीले स्पष्ट खुलाएको छैन ।

उनी प्रतिष्ठित व्यापारिक घराना ज्योति ग्रुपका सदस्यसमेत हुन् ।

अपार्टमेन्ट व्यवसाय सम्बन्धी एउटा ठगी मुद्दामा पूर्वअर्थ सहायक मन्त्रीसमेत रहेका रुपज्योतिलाई काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० गते पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि उनी  काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए ।

तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरेपछि उनी प्रहरीको खोजी सूचीमा थिए।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६     7:30:31 AM
error: Content is protected !!