☰ open Loading... 19 April 2024|  

काँक्रेविहार यातायातद्वारा सुर्खेत–सुनौली हाइस सेवा शुरु
  | २६ कार्तिक २०७६, मंगलवार १८:०३

सुर्खेत । काँक्रेविहार यातायात प्रालिले सुर्खेत–सुनौली हाइस सेवा शुरु गरेको छ । शनिवारदेखी नियमित रुपमा सुर्खेत–बुटवल–भैरहवा–सुनौली हाइस सेवा शुरु गरिएको प्रालिका प्रवन्धक सञ्चालक दिपेन्द्र खड्काले जानकारी दिनुभयो ।


सुर्खेतबाट दैनिक विहान ७ बजे र सुनौलीबाट विहान ६ बजेट हाइस छुट्ने खड्काले जनाउनुभयो । उहाँले यात्रुहरुलाई प्रभावकारी सेवा दिन नयाँ रणनीतिक योजनाका साथ अघि बढ्ने प्रालिले कार्ययोजना बनाइरहेको बताउनुभयो ।

प्रालिले हाल सुर्खेतबाट नियमित रुपमा सुर्खेत काठमाडौं, सुर्खेत विरगंज, नेपालगञ्ज, दैलेख, कालिकोट लगायतका ठाउँहरुमा बस तथा हाइस सेवा दिँदै आएको जनाएको छ ।