☰ open Loading... 22 June 2025|  

बहुविवाहको आरोपमा दुई पक्राउ
  | २७ कार्तिक २०७६, बुधबार १९:४१

सल्यान : बहुविवाह गरेको आरोपमा प्रहरीले सल्यानबाट दुईजना पक्राउ गरेको छ। शारदा नगरपालिका–१२ डाँग्रीका ३३ वर्षीय मानबहादुर भन्ने नरेन्द्र डाँगी र त्रिवेणी गाउाँपालिका–३ की २० वर्षीया माया मिया डाँगीलाई पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार डाँगीको घरबाट नियन्त्रणबाट लिइएको प्रहरीले जानकारी दिएको छ। जिल्ला अदालतबाट म्याद थप  गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।