☰ open Loading... 20 April 2024|  

सुर्खेतमा साउना र स्टिम वाथ सञ्चालन
  | २८ कार्तिक २०७६, बिहीबार १०:४०

सुर्खेत । सुर्खेतको यरिचौकमा साउना र स्टिम वाथ सञ्चालनमा आएको छ । वीरेन्द्रनगर–४ यरिचौकमा झण्डै २५ लाखको लगानीमा बुधवारदेखि साउना र स्टिम बाथ सेवा सञ्चालनमा ल्याइएको हो ।


स्टिमको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलले उद्घाटन गरेका छन् । स्टिमले मोटोपना घटाउने, शरीरमा भएका विषाक्त पदार्थलाई सफाइ गर्ने, रक्त सञ्चारमा सुधार ल्याउने सञ्चालक दिपक बुढाले जानकारी दिए । महिलाहरुको छुट्टै ग्रुप र श्रीमान्–श्रीमतीलाई छुट्टै व्यवस्था गरिएको बुढाको भनाइ छ ।