☰ open Loading... 20 April 2024|  

पत्रकार डिलप्रसाद शर्माको निधन
  | २८ कार्तिक २०७६, बिहीबार १८:०३

 सुर्खेत । सुर्खेतबाट प्रकाशित हुने साझा विसाैनी दैनिकका संवाददाता पत्रकार डिलप्रसाद शर्माको निधन भएको छ। काठमाडौंको नयाँ बानेश्‍वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा २३ वर्षको उमेरमा पत्रकार शर्माको निधन भएको हो।

बोनम्‍यारोमा समस्‍या आएपछि चार महिनाअघि अस्पताल भर्ना भएका पत्रकार शर्माको बोनम्यारो ट्रान्सप्लान्टका क्रममा बिहीबार निधन भएको हो।

दैलेख घर भएका पत्रकार शर्मा विगत ६ वर्षदेखि सुर्खेतमा रहेर पत्रकारिता गरिरहेका थिए । उनी देश सञ्‍चार अनलाइनका सुर्खेत सम्वाददाता पदमा समेत कार्यरत थिए । पत्रकार शर्मा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका जिल्ला सदस्‍य तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिवसमेत थिए।

पत्रकार शर्माको निधनमा नेपाल पत्रकार महासंघ काठमाण्डाैै, शाखा सुर्खेत, स‌ंसदिय मामिला पत्रकार समाज कर्णाली प्रदेश र साझा विसाैनी दैनिकले विज्ञप्ति निकालेर दु:ख व्‍यक्त गरेका छन्। विज्ञप्तिमा शर्माको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको जनाएको छ।