☰ open Loading... 12 December 2019|   बिहिबार, मंसिर २६, २०७६

भेरीग‌ंगालार्इ एम्बुलेन्स खरिद गर्न कर छुट

  |

सुर्खेत । भेरीगंगा नगरपालिकाले खरिद गर्न लागेको दुई वटा एम्बुलेन्सको कर छुट गर्न सिफारिस दिइएको छ । नगरपालिकाले खरिद गर्न लागेको एम्बुलेन्सका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भन्सार छुट दिन सिफारिस गरेको हो ।

भारतबाट खरिद गर्ने एम्बुलेन्सलाई भन्सार आयात शुल्क र मूल्य अभिवृद्धि कर छुट दिन विरगंज भन्सार कार्यालयलाई पत्रचार गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद पौडेलले जानकारी दिए ।

उनकाअनुसार नगरपालिकाले झण्डै २० लाख २ हजारमा दुई ओटा एम्बुलेन्स खरिद गर्न लागिएको छ । खरिदका लागि नगरपालिकाले अग्नी इनकप्रोरेटेड प्रा.लि.संग सम्झौता गर्ने तयारी भइरहेको नगरपालिकाका प्राविधिक मोतिलाल गुप्ताले बताए ।

कम्तीमा दुई महिनामा एम्बुलेन्स नगरपालिकाले आइपुग्ने उनको भनाई छ । नगरपालिका भित्र रहेकाका चार स्वास्थ्य संस्था मध्य छिन्चु र मैनतडामा एम्बुलेन्स प्रदान गर्ने जनाएको छ ।

प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६     7:13:11 PM
error: Content is protected !!