☰ open Loading... 18 April 2024|  

बझाङ केन्द्रविन्दु भएर भुकम्पको धक्का
  | ३ मंसिर २०७६, मंगलवार १९:४२

सुर्खेत । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र भएर भुकम्प गएको छ । बझाङको पौवागडी केन्द्र भएर ५ दशमल ७ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक चन्दा शाहले जानकारी दिनुभयाे ।

कर्णालीका सुर्खेत, दैलेख, प्रदेश पाँचको बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको अछाम, कैलाली लगायतका जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको थियो । अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानबिय कुनैपनि क्षति भएको जानकारी आएको छैन् ।