☰ open Loading... 20 April 2024|  

कक्षा १२ को सर्टिफिकेट अब सुर्खेतबाटै निकाल्न मिल्ने
  | ६ मंसिर २०७६, शुक्रबार १७:५७

सुर्खेत । कक्षा १२ को सर्टिफिकेट निकाल्न कोहलपुर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । राष्ट्रिय परीक्षा वोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतले कक्षा १२ का सर्टिफिकेट सुर्खेतबाट नै वितरण गर्न लागेको हो ।


कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लाका विद्यार्थीहरुको कक्षा १२ को ट्रान्स्क्रिप्ट, माइग्रेसन, प्रोभिजनल र सप्लीमेन्टरी (TMPS) सर्टिफिकेटहरु सुर्खेतबाट नै दिने व्यवस्था गर्न लागिएको राष्ट्रिय परीक्षा वोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख जितबहादुर शाहले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय, कोहलपुरबाट प्रदान गरिँदै आएकोमा मंसीर १६ गतेदेखी सुर्खेत कार्यालयबाट विलिङ शुरु गर्न लागेको बताउनुभयो ।

‘सबै रकेर्ड संकलनको क्रममा छौं’ शाहले भन्नुभयो, ‘धेरै भीड भएमा एक हप्ता र कम भएमा दुई दिनमा सर्टिफिकेटहरु दिन सक्छौं ।’ कार्यालयमा २५ जना कर्मचारी आवश्यक पर्ने भएपनि पाँच जना कर्मचारीले काम गरिरहनु परेकाले थप जनशक्ति माग गरिएको शाहको भनाई छ ।