☰ open Loading... 12 December 2019|   बिहिबार, मंसिर २६, २०७६

रिपोर्टर्स क्लब सुर्खेतको अध्यक्षमा जगतदल

  |

सुर्खेत । रिपोर्टर्स क्लब नेपाल जिल्ला कार्यसमिति सुर्खेतमा जगतदल जनाल विक चयन भएका छन् । रिर्पोर्टर्स क्लब कर्णाली प्रदेश सभापति लंकराज धमालाको प्रमुख आतिथ्यता तथा महांसचिव सुशील खड्काको उपस्थितिमा मंगलवार विकको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हाे ।

समितिको उपाध्यक्षमा रमा केसी, सचिवमा हृदय रिमाल, सह–सचिवमा विष्णु सापकोटा र कोषाध्यक्षमा पूर्ण वहादुर खड्का छन् । यस्तै सदस्यमा दिनेश बुढा, चेतनारायण पाण्डे,बसन्त भण्डारी चयन भएका छन् भने एकजना महिला सदस्यलाई कार्यसमितिले मनोनयन गर्नेछ ।

क्लवका प्रदेश सभापति लंक धमालाले नव गठित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै रिर्पोटर्स क्लव नेपालले गाउँगाउँमा पुगेर आम नागरिकका आवाज बुलन्द पार्ने गरी काम गर्न आग्रह गरेका थिए ।

उनले आगामी दिनमा रिर्पोटर्स क्लव जिल्ला समिति सुर्खेत देशकै नमुना बन्नुपर्ने धारणा समेत राखेका थिए । बिबिसी नेपाली सेवामा कार्यरत पत्रकार प्रकाश पन्तले रिपोर्टर्स क्लव सुर्खेत शाखाले जिल्लाका समसामयिक मुद्धाहरुमा वहस गरी समाधान गर्ने तर्फ सहयोग पु¥याउने बताए ।

प्रदेश महांसचिव सुशील खड्काले नयाँ समितिमा निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै जिल्लाको समग्र विकासका लागी रिर्पोटर्स क्लवले सबै निकायसग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः मङ्लबार, मंसिर १०, २०७६     5:41:03 PM
error: Content is protected !!