☰ open Loading... 12 December 2019|   बिहिबार, मंसिर २६, २०७६

हल्दु जाँदै गरेकाे ट्याक्टर दुर्घटना, ३७ विद्यार्थी घाइते

  |

सुर्खेत । जनज्योति माध्यमिक विद्यालय बड्डीचाैरमा कृषि जेटिए विषयमा अध्ययनरत विद्यार्थीहरु सवार ट्याक्टर हल्दुमा दुर्घटनाहुँदा ३७ जना घाइते भएका छन् । कर्णाली राजमार्गमा पर्ने बड्डीचौर–तल्लोडुङ्गेश्वर सडक खण्डको बराहताल–५ हल्दुमा बुधबार दिउँसो ट्याक्टर दुर्घटनाहुँदा विद्यार्थी घाइते भएका हुन् ।


विद्यालयले अम्लाखालीमा गरेको मौरीपालन अवलोकन गर्न जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कंडेलले जानकारी दिए ।

घाइतेहरु मध्य ३५ जनाकाे अवस्था सामान्य छ भने दुइ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमख उदयसि‌ंह सिजापतिले जानकारी दिए ।

गम्भीर घाइते हुनेमा बराहताल गाउँपालिका-९ का दिपेन्द्र गुरुङ र नारायण  नगरपालिका-७ दैलेखका सनम राना छन् । उनीहरुलाइ थप उपचारकाे लागि काेहलपुर लैजाने तयारी भइरहेकाे सिजापतिकाे भनाइ छ ।

घटना लगत्तै बड्डीचौरबाट खटिएको प्रहरीले घाइते विद्यार्थीहरुको उद्धार गरेर थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाएको सिजापतिले बताए ।

घाइतेहरुकाे प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेकाे छ । स्पीड बढी र हाइड्राेलिक भएकाे ट्याक्टरकाे ट्रालीकाे स्वीच थिच्दा दुर्घटना भएकाे हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतकाे अनुमान छ । प्रहरी ट्याक्टर चालक र सहचालकलार्इ नियन्त्रणमा लिएर घटनाका अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

 

प्रकाशित मितिः बुधबार, मंसिर ११, २०७६     3:58:41 PM
error: Content is protected !!