☰ open Loading... 19 April 2024|  

१५ दिनमा माग पूरा नभए भेरी–बबई आयोजनाको काम रोक्ने चेतावनी
  | ११ मंसिर २०७६, बुधबार १८:१२

सुशील खड्का
सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनबाट प्रभावितहरुका माग सम्बोन्धन नगरे काम रोक्ने चेतावनी दिएका छन् । प्रभावित क्षेत्रका तीन स्थानीय तहका प्रमुख/उपप्रमुख, वडाध्यक्ष र सरोकार समितिले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै माग सम्बोन्धन नगरे आयोजनाको काम रोक्ने चेतावनी दिएका हुन् ।

भेरी–बबई डाइभर्सन जनहित समितिले जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्री, भूमी व्यवस्था मन्त्रालय र सिँचाई मन्त्रालयलाई बुझाईको छ । प्रभावित क्षेत्रका नागरिकहरुकाे माग १५ दिनमा पूरा नभए अायाेजनाकाे काम राेक्ने चेतनावनी दिएकाे छ ।