☰ open Loading... 19 April 2024|  

टिप्पर दुर्घटनाका घाइतेको १६ घण्टापछि सेनाकाे हेलिकाेप्टरबाट उद्धार
  | १२ मंसिर २०७६, बिहीबार १४:४२

सुर्खेत । हुुम्लामा हिजो भएको टिप्पर दुर्घटनाका घाइतेलाई १६ घण्टापछि उद्धार गरिएको छ। दुर्घटनामा गम्भीर घाइते सबैको नेपाली सेनाको एमआई सेभेटिन हेलिकोप्टरबाट उद्धार गरी नेपालगञ्ज पुर्याइएको छ।

जिल्ला अस्पताल हुम्लामा प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज पुर्याइएको हो। उद्धार गरिएका घाइतेमा सिमकोट(६ का सन्तोष सुनार, कमल रोकाया, अकिल रोकाया, खगेन्द्र रावत, रामकुमार सुनार, नरवीर सुनार, अंग फडेरा, घनसिंह भण्डारी तथा नाम्खा गाउँपालिका-१ का खिउदार तामाङ, नाम्ग्याल तामाङ र नटुक लामा छन्। जसमध्ये अंग, खगेन्द्र, सन्तोष, नुटुप र नाम्ग्यालको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

दुर्घटनामा परी नाम्खा गाउँपालिका–१ हेप्काका छिरिङकार्मा लामा, नरी लामा, खार्पुनाथ गाउँपालिका(१ प्युसका बबरजंग शाही र सिमकोट(६ बत्त रोकायाको मृत्यु भएको हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए।

नाम्खा गाउँपालिकाको सल्लीखोलाबाट खाद्यान्न संस्थानको चामल लिएर सदरमुकाम सिमकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिप्पर हिजो साँझ करिब साढे ३ बजेतिर दुर्घटना भएको थियो ।