☰ open Loading... 18 April 2024|  

दैलेखमा फाेर्स गाडी दुर्घटना तीनकाे मृत्यु, १५ जना घाइते
  | १३ मंसिर २०७६, शुक्रबार १२:२७

सुर्खेत । सुर्खेत-दैलेख सडक खण्डकाे घाेडाबासमा माइक्राे बस (फाेर्स) दुर्घटनाहुँदा तीन जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ  । दैलेखको गुराँस गाउँपालिका–४ घोडाबास नजिकै सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा भएकाे हाे ।

मृत्यु हुनेमा वीरेन्द्रनगर-३ तातोपानीका ५७ वर्षीया थिरबहादुर सुनार, दैलेख बासी घरभइ हाल बर्दिया मधुवन नगरपालिका-६ सानाेश्री बस्नेे बर्ष २९ का नामबहादुर बडुवाल र उनका श्रीमती कमला बडुवाल रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका असई अाेमप्रकाश कुर्मीले जानकारी दिए ।

दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते हुनेमा वीरेन्द्रनगर-८ खजुरा बस्ने मंगली गुरुङ, साेही ठाउँका मुकेश गुरुङ, दुल्लु नगरपालिका- १० का लक्ष्मी याेगी, अविशेषक याेगी, वीरेन्द्रनगर-३ तातापानी बस्ने माेहन परियार, झुमा परियार, चन्द्र परियार, भिम परियार, वीरेन्द्रनगर-११ सुब्बाकुनाका देवीप्रसाद भट्टरार्इ र धुलियाविटका चन्द्रकली सिङ्गौली रहेकाे दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर ओलीले जानकार दिए ।

यस्तै बाँके नाैबस्ताका कर्णबहादुर बाेगटी, लक्ष्मी बाेगटी, चामुण्डाविन्द्रासैनी नगरपालिका-४ का लक्ष्मी रावत र नारयण नगरपालिका-४ का दिलबहादुर कटुवाल रहेकाे  अाेलीकाे भनाइ छ ।

प्रहरी चाैकी रानिमत्ताका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यको टोली घटनास्थलतर्फ पुगेर घाइतेको उद्वार गरेर सुर्खेत पठाइएकाे थियाे । गाडी सडकबाट झण्डै एकसय ५० मिटर तल खसेकाे प्रहरीकाे भनाइ छ । दुर्घटना लगत्तै चालक फरार छन् ।

पछिल्लाे अपडेट २:३८ बजे