☰ open Loading... 12 December 2019|   बिहिबार, मंसिर २६, २०७६

राष्ट्रसेवक : ‘धान रोप्न जाँदा जागिर खाने अवसर मिल्यो’

  |

अमृता रोकाय, कार्यालय सहयोगी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना

अमृता रोकाय पेशाले राष्ट्र सेवक कर्मचारी हुन । बुवा भक्तबहादुर पुन र तिर्थादेवी पुनको दोस्रो सन्ताका रुपमा दैलेखेको विसल्लामा उनको जन्म भयो । उनले राष्ट्र सेवक कर्मचारी भएर काम गर्न थालेको झण्डै ३५ वर्ष पुग्यो । सरकारी सेवामा प्रवेश गरेदेखि आजसम्म एउटै कार्यालयमा कार्यरत छिन् । निजामतिमा सानो पद अर्थात कार्यालय सहयोगीका रुपमा कार्यरत उनी यहासँम्म आइपुग्नभने ठूलो मेहनत गरिन ।

जीन्दगीको दौडानमा उनका अगाडी थुप्रै उत्तापचडाप आए । तर संघर्ष गर्न भने कहिलै हारिनन् । संघर्षमा नथाकेकै कारण उनले निजामति कर्मचारी संगठन सुर्खेतको नेतृत्व समेत गरी सकेकी छिन् । युगआह्वान दैनिकको ‘राष्ट्र सेवक कर्मचारी’ स्तभमा अमृताको जीवन भोगाई उनकै शब्दमा ।
बाल्यावस्था
मेरो जन्म २०२३ साल चैत्र १७ गते दैलेखको विसल्ला भन्ने ठाउँमा भएको हो । तर म आमाबुवासँग सानैमा सुर्खेत आए । त्यतिबेला छोरीहरु स्कूल जाने चलन थिएन । त्यही भएर मैले पनि स्कूल जाने अवसर पाएन । छोरीहरु मेलापात गर्नै ठिक्क हुन्थे । मैले पनि घरमा त्यही भूमिका निभाए । तर हामी दैलेखबाट भर्खर सुर्खेत आएको हुनाले आफ्नो जमिन थिएन । फाँडेको जमिन पनि अर्कैले हडेपेका थिए । जसले गर्दा अरुकै काम गरेर खानुपथ्र्याे । सानो भएपनि मेरो दैनिकी मेलापात गरेरै वित्थ्यो ।

२०३८ सालतिरको कुरा एक दिन खेत रोप्न गएका थियौं । मनिकापुरा खेति रोप्न गएका बेला नेत्रबहादुर रावल सरले मलाई आफ्नो घरमा लैजाने कुरा गर्नुभयो । बुवाआमाले पनि मलाई नेत्रसरको घरमा पठाउन सहमत हुनुभयो । मैले पाँच वर्षसम्म उहाँकै घरमा काम गरे । तरपछि उहाँले नै मलाई सरकारी जागिर लगाइदिनु भयो ।

सरकारी सेवा प्रवेश
पाँच वर्षपछि नेत्रसरले मलाई जागिर लगाइदिने सल्लाह गर्नुभएछ । त्यो बेला जागिर खाउँला भन्ने लागेको थिएन । जागिर खान नागरिकता अनिवार्य थियो । जन्मस्थान दैलेख भएपनि मैले (साविक लाटीकोइली– १०) सुर्खेतकै ठेगानामा नागरिकता बनाए । सुरुवात केटी मान्छे भएकै कारण मलाई जागिर दिन मानेकै थिएनन् । कार्यालयका हाकीमले सरकारी कार्यालयमा केटीलाई जागिर दिँदैनन् भनेर फर्काइदिए । तरपछि नेत्रसरको पहलमा २०४१ पुस १ गतेदेखि खानेपानी कार्यालयमा करार सेवामा जागिर खाने अवसर पाए । २०४२ साल बैशाखमा अस्थायी भए ।

२०४५ सालमा स्थानीय विकासबाट खानेपानीको खानेपानी निर्देशनालयमा हस्तान्तरण ग¥यो । २०४६ साल कात्तिक १ गतेदेखि स्यायी भए । अहिले जागिर खाएको ३५ र स्थायी भएको ३० वर्ष पुग्यो । ३५ वर्षसम्म एउटै कार्यालयमा काम गरेकी छु । कार्यालय एउटै भएपनि यसको नाम भने पटक–पटक परिवर्तन भएको छ । क्षेत्रीय खानेपानी कार्यालय, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय हुँदै अहिले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यरत छु ।

बैबाहिक जीवन
मेरो विहे अरुको भन्दा अल्ली फरक तरिकाले भयो । त्यतिबेला अहिलेको जस्तो टेलिफोनहरु थिए । उहाँ (श्रीमान मुने रावत माइती घरमा प्राय आउनु हुन्थ्यो ।

उहाले मेरो पुसासँग विहे गरेका कारण म उहालाई पुसाई नै भन्थे । तर पछि उहाँले मलाई मन पराउनु भयो । प्रहरीमा जागिरी भएका कारण कार्यालयबाट आवा (श्रीमति भनेर पठाउने चिठीपत्र) पठाउन थालेपछि बेइजेत हुन्छ भन्ने हिसावले २०४६ साल माघ महिनामा मेरो विहे भयो ।

देउती बज्यै सिन्धुर हालेर विहेको औपचारिकता पुरा गरौं । विहेपछि घर (सिमकोट गाउँपालिका–६ हुम्ला) नगएरै माइतमै बसे । त्यसलाई न मागी विहे भन्न मिल्छ न भागी विहे । विहे भएको करिव १० वर्षमै उहाँको निधन भयो । श्रीमानको मृत्युपछि घरपरिवासँगको सम्बन्ध राम्रै छ ।

कर्मचारीनै घरपरिवार
कार्यालय सहयोगीहरु प्राय हेपिन्छन् । हुन त त्यो आफ्नो बानी व्यवहारले पनि फरक पर्ला । तर मैले कहिलै पनि कर्मचारीबाट त्यो व्यवहार भएन । जति कर्मचारी आएपनि सहयोगी बने । मलाई त कार्यालयका कर्मचारी नै आफ्नै परिवार जस्तो लाग्छ । सानोमा छोराछोरीलाई कार्यालयमै लिए जान्थे । त्यो बेला कार्यालयमा एक जना महिला कर्मचारीपनि हुनुहुन्थ्यो ।

उहाँले म बैंक र अन्य अफिसमा चिठ्ठी पु¥याउन गएको बेला बच्चाहरु हेरिदिनु हुन्थ्यो । छोराछोरी सानै हुँदा श्रीमानले छोडेर जानुभयो । त्यो बेला पनि कर्मचारी साथीहरुले साथ दिए । त्यही भएर मैले अन्य कार्यालय रोजिन । प्रदेशका मन्त्रालयहरुले पनि हाम्रो कार्यालयमा आउनोस् भन्नु हुन्थ्यो । तर कर्मचारीहरुकै मायाले खानेपानी विभाग छोडिन । सहयोगले कर्मचारीकै कारण आजसम्म दुई पटक सम्मानित हुने अवसर पाएकी छु । खानेपानी विभागले र क्षेत्रीय अनुगमन कार्यालयले सम्मान गरेको छ ।

जागिरसँगै राजनीति
कर्मचारीहरुले विशुद्ध जनताको सेवा गर्नुपर्छ । तर आफ्नो हकहित र अधिकारका लागि भएपनि संगठित हुनुपर्दाे रहेछ । अधिकारका लागि एकिकृत हुनेक्रममा म नेपाल निजामति कर्मचारी संघगठको अध्यक्ष समेत हुने मौका पाए । तीन वर्षअध्यक्षको जिम्मेवारी पुरा गरे । संगठनमा पनि कर्मचारीहरुले राम्रै साथ दिनु भयो । प्राय महिलाले संगठनको नेतृत्व चलाउन सक्दैनन् भन्ने थियो तर पुरुष कर्मचारी साथीहरुकै सहयोगले मेरो कार्यकाल सफल बन्यो ।

संगठनप्रति मेरो इमान्दारिता र क्षमता देखेर होला उपाध्यक्ष भएकै बेला अध्यक्षको जिम्मेवारी दिनु भयो । मेरो कार्याकालमा सफल भयो । विभिन्न आन्दोलनको नेतृत्व गरे । २०६२ तिर राजावादीहरुले संगठनै गुमनाम बनाउने प्रयास ग¥यो । त्यो बेला संगठनको बोर्ड उल्टो बनाएर राखौं, लेटरप्याड र छापहरु लुकायौं । प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा प्रहरी प्रशासनले तिरवितर पा¥यो । भाग्नेक्रममा पर्लालमा लगाएको तारले घुडामा चोट लाग्यो । कपडाहरु च्यातिए तर नेतृत्वबाट कहिले पछि हटिन ।

सुखदुख
जीवनसाथी गुमाउँदा क्षण मेरो जीवनमा सबैभन्दा दुःखको क्षण हो । २०५६ फागुन ७ गते हुम्लाका कार्यरत हुँदा श्रीमानको मृत्यु भयो । कार्यथलो रहेकै बेला श्रीमान मृत्यु हुँदा पनि त्यहाँको हाकीम (देवेन्द्र भट्टराई) ले कागजात बनाइदिएन । कागजात बनाई दिएको भए केही क्षतिपूति पाइन्थ्यो । जसले छोराछोरीलाई खर्च चलाउन सकिन्थ्यो ।

तर हाकीमले सहयोग गरेन त्यो क्षण धेरै दुःख लागेको थियो । श्रीमानको मृत्यु हुँदा छोराछोरी ६÷७ वर्षकै हुँदा जीवनसाथी गुमाए । त्यो बेला निकै ठूलो पीडा भयो । त्यो बेला छोराछोरीलाई हेरेर मन बुझाए । त्यसपछि निजामति सेवामा रहदा धेरै दुःख भोग्नु परेको छैन । तर खुशीका पलहरु धेरै छन् ।

कार्यालयमा हाकिम र कर्मचारीहरुले कामको प्रसंशा गर्दा खुशी मिल्छ । सुरुसुरुमा सिपाई भनेको यस्तो हुनुपर्छ भन्दा मलाई गर्व लाग्थ्यो । एउटा कार्यालय सहयोगलाई सरकारले सम्मान गर्दा निकै खुशी भए । हरेक वर्ष मनाइने निजामति सेवा दिवशका अवसरमा विभिन्न प्रतियोगितामा मेरो टोली प्रथम हुँदा भखुशी हुन्थ्ये ।

संचयकोष दुःखको साथी
छोराछोरी सानै हुँदा जीवनसाथी गुमाएपछि दुखसुख साट्ने कोही भएन । छोरा र छोरीको उमेर खाशै फरक छैन । छोराछोरीलाई हुर्काउदाखेरी मलाई माइतीबाट ठूलो सहयोग मिल्यो । मेरा भाई, बहिनी र आमाले सहयोग गर्नुभयो । तर छोराछोरी स्कुल पढाउँदा आर्थिक समस्या आयो । कक्षा ४ सम्म छोराछोरी अगाडिपछाडि थिए । कक्षा ५ देखि मैले दुईभाईलाईसँगै पढाउन थाले ।

जसले गर्दा कापिकताव किन्न केही सहज भयो । कक्षा ४ सम्म सरकारी स्कूल (बालमन्दीर विद्यालय) मा पढाए । पछिल्लो समयम अरु केटाकेटी पनि बोर्डिङ स्कूल पढ्न थालेपछि छोराछोरीले पनि बोर्डिङ स्कूलको रहर गरे । तर म एक्लैले उनीहरुलाई बोर्डिङ पढाउन सक्ने अवस्था थिएन । मेरो समस्या बुझेर अफिसका साथीहरुले अफ्ठेरो परे सहयोग गरौंला भनेपछि इलाईट बोर्डिङ स्कूलमा छोराछोरी पढाउने आँट गरे । तर माओवादीको द्वन्दका कारणले एक वर्षमै बोर्डिङ स्कूलपनि विस्थापित भए । पछि इत्राम स्कूल (श्री कृष संस्कृत तथा साधारण मावि) बाटै एसएलसी पास गरे ।

एसएलसीपछि छोरीले स्टाप नर्स पढ्ने र छोरो सव–इन्जिनियर बढ्ने इच्छा देखाए । तर दुबैलाई मैले पढाउन सक्ने अवस्था थिएन । त्यही समय कर्मचारी संचय कोषबाट ऋण निकालेर छोरालाई पोखरामा इन्जिनियर बढाए । छोरीलाई पनि नपढ भन्न सकिन । उसले पनि शिक्षा क्याम्पसमा पढाए । कमजोर आर्थिक अवस्थाका कारण घरपरिवार र माइतीले सहयोग गर्ने अवस्था थिएन । जसले गर्दा सुख,दुखमा संचय कोषबाट ऋण लिने गरेको छु । संचयकोष नै मेरो लागि सुखदुखको साथी हो । अहिलेसम्म तीन पटक ऋण लिएको छु ।

सरकारसँगको अपेक्षा
सरकारसँग मेरो त्यस्तो ठूलो अपेक्षा छैन । एउटा कार्यालय सहयोगीले कार्यालयको रेखदेख र व्यवस्थापनदेखि सम्पूर्ण कर्मचारीको काममा सघाउने काम गर्छ । तर राज्यले सेवा सुविधा दिने कुरामा कार्यालय सहयोगीहरुलाई विभेद गर्दै आएको छ । पहिले अस्यायी भएपनि अहिले करार र श्रेणी विहीनलाई पनि करारमा राखेर ठूलो अन्याय गरेको छ । जसले गर्दा २५÷३० वर्षसेवा गर्दा पनि स्थायी हुन सकेका छैन ।

सरकारसँग एउटै अपेक्षा भनेको उमेर हद नाघेका र लामो समयसम्म काम गरिआएका श्रेणी विहीन कार्यालय सहयोगीहरुका हकमा लोक सेवा आयोगबाट दरबन्दी खोलेर आन्तिरिक प्रतिस्पर्धा गर्ने व्यवस्था गरोस् । आयोगमा प्रतिस्पर्धा गर्न नचाहनेहरुका लागि विशेष उपदानको व्यवस्था गरिदेवस भन्ने अपेक्षा छ ।

जागिरपछिको योजना
जागिरको अवधि सकिएपछि गाउँमै बस्ने योजना छ । सकिएछ भने बाख्रापालन गर्ने योजना बनाएकी छु । बामेखोला र सानो सुर्खेततिर थोरै जग्गा लिएर बाख्रा पाल्ने सोचेकी छु । मेरो माइतीहरु र घरकी दिदी (फूपु) पनि उत्तै हुनुहुन्छ । तर छोराले के भन्छ् । समय र परिस्थितिले कता पु¥याउने थाहा छैन । युगआह्वान दैनिकबाट

प्रकाशित मितिः शनिबार, मंसिर १४, २०७६     1:12:28 PM
error: Content is protected !!