☰ open Loading... 20 April 2024|  

कट्टुभित्र लागुऔषध लुकाएका थापा पक्राउ
  | १४ मंसिर २०७६, शनिबार १३:१५

सुर्खेत । कट्टुभित्र लागुऔषध (ब्राउनसुगर) राखेर ओसारपसार गर्दैगर्दा सुर्खेतमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको मधुबन नगरपालिका-५ शान्तिपुरका दिनेश थापा रहेका छन्।

उनले ३० ग्राम १ सय ३० मिलीग्राम ब्राउनसुगर गोजी बनाई लिंगको भागमा अड्याएर ल्याएका थिए। ‘चेकजाँच गर्दा पनि पत्ता नलागोस भनेर कट्टुभित्र लिंगमा अड्याएर ल्याएको रहेछ,’ चेकजाँचमा खटिएका प्रहरी हवल्दार लालबहादुर परियारले भने ‘छामछुमगर्दा लिंग र ब्राउनसुगर छुट्याउन मुस्किल थियो, पेन्टी खोलेपछि वास्तविकता पत्ता लग्यो।’

उनको साथबाट ब्राउनसुगर बिक्री गरी ल्याएको ८४ हजार ८ सय २० रुपैयाँसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनी नेपालगंजबाट भे५प ४७७१ नम्बरको स्कुटरमा सुर्खेत आउँदै थिए। सुर्खेत वीरेन्द्रनगर-११ सुब्बाकुना चेकपोष्टमा खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो। थापाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।