☰ open Loading... 12 December 2019|   बिहिबार, मंसिर २६, २०७६

आफ्नै नियम भुल्छ ट्राफिक

  |

सुशील खड्का
सुर्खेत । घटना एक ः सुर्खेतबाट दैलेख जाँदै गरेको फोर्स गाडी शनिवार दैलेख सडकखण्डको मोङ्ग्रामा दुर्घटनाहुँदा तीन जनाको मृत्यु भयो भने १५ जना घाइते भए । यहीँ सडक खण्डमा मंसिर १ गते साँझ फोर्स गाडी रिठ्ठामा दुर्घटनाहुँदा १० यात्रु घाइते भए ।

घटना दुई ः गत असोज २९ गते नेपालगञ्जबाट जुम्ला जाँदै गरेको जीप रातानाङ्गलामा दुर्घटनाहुँदा तीन जनाको मृत्यु भयो भने सात जना घाइते भए ।

घटना तीन ः बुधबार जनज्योति माध्यमिक विद्यालय बड्डीचौरका विद्यार्थी सवार ट्याक्टर दुर्घटनाहुँदा ३७ विद्यार्थी घाइते भए । विद्यालयले गरिरहेको मौरीपालन अवलोकन गर्न जाँदै गरेको विद्यार्थी सवार ट्याक्टर कर्णाली राजमार्गका हल्दुमा दुर्घटना भएको हो ।

उल्लेखित घटना प्रतिनीधिमुलक हुन् । पछिल्लो समय सुर्खेत–दैलेख सडकमा दुर्घटना बढ्न थालेका छन् । जिर्ण सडक, अस्वस्थ प्रतिस्पर्धा र चालकको लापरवाही प्रमुख कारण भएको ट्राफिक प्रहरी बताउँछ ।

फायल तस्वीर ।

यद्यपी यात्रुहरु भने ट्राफिक प्रहरीको कमजोर निगरानीले दुर्घटना बढिरहेका बताउँदै आएका छन् । दुर्घटनामा सवारी चालककै कमजोरी औंल्याउने ट्राफिक प्रहरी आफैले बनाएको नियमलाई निरन्तरता नदिँदा अनाहकमा नागरिकले ज्यान गुमाउनु परेको दैलेखका सिजर्ना थापाको भनाई छ ।

‘सुर्खेतबाट हिडेको सवारी तोकिएको समयभन्दा पहिला चेकप्वाइन्ट पुग्नु पर्ने बाध्यकारी नियम थियो’ थापाले भनिन्, ‘समय तालिका लागु नुहुन र धेरै प्रा.लि.ले छिटो गन्तव्य पु¥याएर फेरी सुर्खेत फर्कने अस्वस्थ होडवाजीले दुर्घटना बढिरहेका छन् ।’

सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरीले अघि सारेका विभिन्न रणनीति असफल भएको थापाको टिप्पणि छ । ०७२ सालमै शुरु गरिएको सवारी टाइम कार्ड केही महिना लागुभयो तर त्यसको निरन्तरता भने भएन् ।

०७३ असोजमा रोकिएको सवारी टाइम कार्ड फेरी लागु भयो । केही महिना निरन्तरता दिएपनि ट्राफिक नेतृत्व फेरिएसंगै बन्द भयो । हाल कर्णाली राजमार्गको बड्डीचौर–तल्लो डुङ्गेश्वर सडक खण्डमा ट्राफिक प्रहरीले नाम मात्रैको सवारी टाइम कार्ड दिइरहेको यातायात व्यवसायी बताउँछन् ।

यो सडकबाट बस र मालवहाक ट्रक बाहेक साना सवारी न्युन संख्यामा गुड्ने गरेका छन् । प्रायः साना सवारी कालिकोट, जुम्ला, दुल्लु, चामुण्डाविन्द्रासैनी जान सुर्खेत–दैलेख सडक खण्डको सियाकोटबाट कर्णाली राजमार्गको तल्लो डुङ्गेश्वर निस्कने गरेका छन् ।

‘अस्वस्थ प्रतिस्पर्धाले मनलाग्दी सवारी चलाउँदा पनि ट्राफिक प्रहरीले चेकजाँज गर्दैन्’ सुर्खेतका स प्रश्न गरे, ‘कालिकोटबाट सुर्खेत आउँदासम्म प्रहरी पोष्टमा ईन्ट्री बाहेक कुनै चेकजाँच गरिएन् । विगतमा तमझमका साथ लागु भएको टाइम कार्ड नि कता हराएछ खै ?’ यात्रुहरुले भने टाइमकार्ड लागु भएसँगै दुर्घटना न्यूनिकरण हुने भएकाले व्यवस्थित गर्न आग्रह गरेका छन् ।

के हो टाइम कार्ड ?

फायल तस्वीर

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले ०७२ सालदेखी सवारी आवागमन समय तालिका ‘टाइम कार्ड’ लागु गरेको थियो । सवारी छुट्ने ठाउँदेखी गन्तव्यसम्म पुग्दासम्म प्रतिकिलोमिटर पुग्नु पर्ने सामयसहितको सवारी चालकलाई टाइम कार्ड दिने व्यवस्था थियो ।

सुर्खेतदेखी दैलेखबजार, छिन्चु, जाजरकोट, जुम्ला सडक खण्डमा टाइम कार्ड लागु गरिएको हो । सडकमा गुड्ने भाडाका जीप, बस, माइक्रो बस लगायतका सवारी साधानले अनिवार्य रुपमा टाइम कार्ड लिनुपर्ने नियम थियो ।

सुर्खेतदेखी ५७ किलोमिटर दुरीमा रहेको दैलेख बजार छुट्ने सवारीले तीन घण्टा तीस मिनेटमा पुग्नुपथ्र्यो । तर टाइम कार्डअनुसार सवारी आए नआएको चेकिङ्ग भने सडक खण्डबिचका ईन्ट्र गर्दा पोष्टले गर्दै आएका थिए ।

सवारी नियम, ट्राफिक संकेतको पालना, सकुशल गन्तव्य पुग्नु, कागजात र यान्त्रिक अवस्थाको जाँच, ओभरलोड, ओभर स्पीड र मादक पदार्थ गरेनगरेको चेकजाँच गरेर सवारी दुर्घटना रोक्नु टाइम कार्डको उदेश्य थियो । तर ट्राफिक प्रहरीले सबैको सहमतिमा लागु गरेपनि यसलाई भने हाल निरन्तरता दिन सकेको छैन् ।

सर्वपक्षिय छलफल गरेर लागु गर्छौं

रामेश्वर प्रसाद यादव
प्रमुख, कर्णाली प्रदेश ट्राफिक कार्यालय

विगतमा लागु गरिएको टाइम कार्ड कर्णाली राजमार्ग र जाजरकोट सडक खण्डमा लागु नै रहेको दावी कर्णाली प्रदेश ट्राफिक कार्यालय सुर्खेतका प्रमुख रामेश्वर प्रसाद यादवको छ ।

पछिल्लो समय सुर्खेत–दैलेख सडक खण्डमा सवारी दुर्घटना बढेपनि त्यसको न्युनिकरण गर्न विगतको सवारी टाइम कार्ड लागु गर्न सर्वपक्षिय छलफल गर्ने तयारी गरिरहेको यादव बताउँछन् ।

‘विगतमा लागु भएको टाइम कार्डलाई पुनः निरन्तरता दिनुपर्ने अवस्था आएको छ’ यादवले भने, ‘आफू नयाँ भएकाले सबै पक्षसंग छलफल गरेर निकट दिनमा लागु गर्नेछु ।’

कर्णालीका हुम्ला बाहेक ९ जिल्लामै ट्राफिकको प्रहरीको उपस्थिति रहेपनि जनशक्ति न्युन भएको यादवको भनाई छ । सवारी चालकले पनि सकुशल यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउन ट्राफिक नियमको पालना गर्न आग्रह यादवको छ ।

सवारी दुर्घटना न्यूनिकरण गर्न सचेतनामुकल कार्यक्रम सञ्चालन गरिरहेको बताएका यादवले नियमित चेकजाँचलाई थप कडाई गर्ने उल्लेख गरे । प्रदेश ट्राफिक कार्यालयबाट समेत छड्के रुपमा सवारी चेकजाँच गर्दै आएको यादवले जनाए ।

‘टाइम कार्डमा समय हेरफेर होस्’

रमेश खड्का सचिव, देउती नागरिक यातायात प्रा.लि.

यातायात व्यवसायीले सडक दुर्घटना रोक्न ट्राफिकले थालेको सवारी टाइम कार्ड कार्य सकरात्मक भएको बताएका थिए । तर विगतमा लागु भएको टाइम कार्डको समय तालिका अव्यवहारिक भएको देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काको भनाई छ ।

‘दुर्घटना रोक्न व्यवसायी एकमत छौं’ खड्काले भने, ‘साना ठूला सवारीलाई एउटै टाइम कार्ड लागु गर्नु राम्रो पक्ष हैन् । स्थलगत रुपमा दुरी मापन गरेर सरोकारवालाले समय निर्धारण गर्न आवश्यक छ ।’

उनले बस र फोर्स गाडीको समय एउटै लागु गर्न नहुने तर्क गरे । सडक दुर्घटना रोक्न सवारी चालकलाई प्रशिक्षण दिइरहेको खड्काको भनाई छ ।

प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६     5:21:55 PM
error: Content is protected !!