☰ open Loading... 12 December 2019|   बिहिबार, मंसिर २६, २०७६

भेरी बबई डाइभर्सन : बाँध तथा पावर हाउसको शिलान्यास

  |

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाईभर्सन आयोजनाको बाँध तथा पावर हाउसको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आयोजनाको दोस्रो चरण अन्तरगतको बाँध तथा पावर हाउसको सोमबार भेरीगंगा नगरपालिका चिप्लेमा शिलान्यास गरेका हुन् ।

 
चिप्लेमा रहेको बाँध स्थलमा मन्त्री पुनले बाँकी काम समय अगावै सक्न आयोजना र निर्माण कम्पनीलाई निर्देशन दिए । उनले आयोजनाबाट प्रभावित हुने नागरिकहरुलाई उचित मुआब्जा दिएर व्यवस्थापन गर्न लागेको जानकारी दिए ।

आयोजनाका प्रमुख सञ्जिब बरालले दोस्रो चरण अन्तरगत बाँधस्थल, पावर हाउसको काम शुरु गरिएको बताए । चार वर्ष सक्ने लक्ष्य राखिएको काम अगावै सक्ने तयारीका साथ काम गरिरहेको बरालको भनाई छ ।

बाँध तथा पावर हाउस निमार्णका लागि वाङ ड्वाङ यू एन टिएन तथा रमण जेभीसंग ६ अर्व १६ करोड ५२ लाखमा सम्झौता गरिएको छ । १२.२ किलोमिटर लामो सुरुङमार्गको गत बैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेकथ्रु गरेका थिए । आयोजनाबाट ४८ मेघावाट विद्युत राष्ट्रिय प्रसारणलाईनमा जोडिने र बॉके र बर्दियाका ५१ हजार हेक्टर जमिन सिँचाई गरिने लक्ष्य छ ।

प्रकाशित मितिः सोमवार, मंसिर १६, २०७६     7:10:37 PM
error: Content is protected !!