☰ open Loading... 20 April 2024|  

चलचित्र अधुरो सपना निर्माण गरिँदै
  | १७ मंसिर २०७६, मंगलवार १८:०३

सुर्खेत । सामाजिक कथानाक चलचित्र अधुरो सपना निर्माण गरिन लागिएको छ । कर्णाली मुभी हाउसको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्रको मंगलबार काँक्रेविहारमा शुभ मुर्हत गरिएको हो ।


चलचित्रको सामाजिक विकास मन्त्री दल रावल, उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, वरिष्ठ कलाकार प्रेमदेव गिरी, गणेशभक्त गौतमले शुभमुर्हत गरेका थिए । खगेन्द्र के.पी.को कथा तथा निर्देशन र युवराज बास्तोलाको संगित रहनेछ ।

मुख्य भूमिकामा संजिव बराल, रेशम नपकिङ, एलिजा लामिछाने, प्रेमदेव गिरी, जितेन्द्र घर्तीमगर, जीवन जलन विसी, शुसीला सिंङ्ग, चन्दा बोहरा, अभिशेष गहतराज लगातका दुई दर्जन कलाकारको छन् ।

यस्तै, चलचित्रमा सुनचाँदी व्यवसायी संघ सुर्खेतका अध्यक्ष डम्मर विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष दिनेश विश्वकर्मा समाजसेवी, व्यापारी अभिनय रहने कर्णाली मुभि हाउसका सञ्चालक कटक परियारले जानकारी दिए ।

चलचित्रमा देहव्यापार, लागुऔषध दुव्र्यसनी, बालविवाह लगायतका विकृती समावेश गरिने निर्माण पक्षले जानकारी दिएको छ । कर्णालीका विभिन्न पर्यटकिय स्थलमा छायाँकन गरिने छ । चलचित्र निर्माण गर्न झण्डै २५ लाख लगानी लाग्ने अनुमान छ ।